back
NMB ad

सार्कको अध्यक्ष राष्ट्रको हैसियतले नेपालद्वारा सबै सदस्य राष्ट्रको सहभागिता सुनिश्चित गर्न आह्वान

Kumari bank ad

काठमाडौँ । सबै सदस्य राष्ट्रको सहभागिता सुनिश्चित हुने गरी चाँडोभन्दा चाँडो सार्क शिखर सम्मेलन आयोजना गर्नेतर्फ सहज वातावरण तयार गर्न नेपालले आह्वान गरेको छ ।

सार्कको अध्यक्ष राष्ट्रको हैसियतले आज विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयले आयोजक राष्ट्रका तर्फबाट आवश्यक वातावरण बनाउन पहल हुने विश्वास व्यक्त गर्दै वर्तमान अध्यक्षको हैसियतले नेपालले आफ्नातर्फबाट पूरा गर्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेकोे स्पष्ट पारेको छ ।

नेपालले सार्क शिखर सम्मेलन अनिश्चितकालसम्म स्थगन हुनु सार्क सदस्य राष्ट्रको हितमा नहुने समेत उल्लेख गरेको छ । आगामी कात्तिक २४ र २५ गते पाकिस्तानको इस्लामाबादमा हुने तय भएको १९ औँ सार्क शिखर सम्मेलनमा चार सदस्य राष्ट्रले सहज वातावरण नभएका कारणबाट सफलतापूर्वक सम्मेलन सम्पन्न हुन नसक्ने भन्दै सहभागिता जनाउन नसक्ने जानकारी गराएपछि नेपालको यस्तो भनाइ आएको हो ।

सार्कको परम्परामा एक सदस्य राष्ट्रले मात्र भाग लिन नसक्ने जानकारी गराएको अवस्थामा पनि शिखर सम्मेलन आयोजना हुन नसक्ने प्रावधान छ ।

१३ असोज २०१२

वि.सं.२०७३ असोज १३ बिहीवार २०:३८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...