back
NMB ad

रबिना देशराजलाई ५ प्रश्न : कस्तो छ बैंकरको दशैं तयारी !

Kumari bank ad

दशैं लाग्यो । पाँच दिनको छुट्टीसँगै सुरु भएको छ नेपालीहरुको विशेष चाड वडा दशैं । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा परिचित महिला बैंकर मेगा बैंक लि.का नायव महाप्रबन्धक, रबिना देशराज श्रेष्ठलाई दशैं कसरी मनाउँदै हुनुहुनछ भनेर सोधेका छौं । प्रस्तुत छ रविना देशराजलाई पाँच प्रश्न :

दशैं आएको महसुस कसरी हुन्छ ?

सबैभन्दा पहिले त मौसमले नै दशैं आएको जानकारी दिन्छ । मौसम नै सकारात्मक हुन्छ । मानिसहरु गाउँघर जान्छन् केही दिन भए पनि स्वच्छ हावामा बाँच्न पाउँछन् । एक अर्कालाई भेट्छन् खुशी हुन्छन् । काठमाण्डौंको कुरा गर्नुपर्दा ट्राफिक कम हुन्छ । भागदौडको जीवनबाट केही दिनलाई भए पनि आराम मिल्छ । जीवन सुस्त गतिमा रमाउन पाउँछ । यसले पनि ध्यान गर्दाको जस्तो शान्ति आनन्द लाग्छ । वातावरणले नै दशैं आयो भन्छ ।

दशैं भन्ने बित्तिकै यहाँलाई के याद आउँछ ?

दशैं आफूभन्दा ठूलालाई सम्मान दिने, आदर दिने चाड हो । हामी मान्यजनहरुको आशिर्वाद लिन जान्छौं । एक अर्काकोमा आउ जाउ गर्नु आशिर्वाद लिनु नै यो चाडको विशेषता हो । अघि पछि सबैजना एक अर्कालाई भेट्न पाइँदैन व्यस्त भइन्छ । यस्तो अवस्थामा दशैंले एक अर्कालाई भेट्ने वातावरण पनि दिन्छ । त्यस्तै असत्य एवं नराम्रोमाथि राम्रो सत्यको विजयका रुपमा मानिने चाड पनि हो यो । यो अवसरमा हामी देवीको पूजा गर्छौं, म आफू पनि देवतामा विश्वास गर्छु । त्यसैले पनि मलाई विशेष रामाइलो लाग्छ ।

यहाँले मान्नुभएको कुनै विशेष दशैं ?

मेरो लागि अहिलेसम्म मैले मान्दै आएको सबै दशैं विशेष नै छ । यो नै रमाइलो यो दशैं एकमै राम्रो रह्यो भन्ने छैन । तर बच्चा बेलाको दशैंमा छुट्टै रमाइलो हुन्थ्यो । नयाँ लुगा र टीका लगाएपछि दक्षिणा पाइन्थ्यो । त्यसैले खुबै रमाइलो लाग्थ्यो । पहिले हामीले ५ रुपैयाँ पाउँदा कस्तो ठूलो कुरा लाग्थ्यो अहिले त पैसाको महत्व पनि बढेको छ । त्यो सबै सम्झँदा समय कति छिटो बितेको जस्तो लाग्छ ।

यो दशैंमा आफ्नो लागि केही विशेष किनमेल गर्नुभयो ?

अहिले त्यस्तो केही गरेको छैन र अहिले म कुन मान्यतामा छु भने अब आफ्नो लागि भन्दा पनि अरुका लागि गरिदिने बेला हो जस्तो लाग्छ । मैले किनेर म रमाउँ भन्दा पनि अरुलाई दिएर खुशी बनाउँ भन्ने मान्यतामा म हिंड्न थालेकोछु । आज मैले आफ्नो घरमा काम गर्ने सहयोगीका लागि अलि महंगो चुरा टीका दिँदा उसको अनुहारमा आएको खुशी, अन्य सहयोगीहरुलाई बोनस दिँदा उनीहरुको अनुहारमा देखिएको खुशीले छुट्टै आनन्द दिन्छ । त्यसैले पनि म चाडवाडमा अरुलाई खुशी दिने मान्यतामा अघि बढेकोछु । आफ्नो लागि त अरु समय पनि छँदै छ नि !

यसपटकको दशैंका लागि यहाँको कुनै विशेष प्लान ?

त्यस्तो केही छैन । रमाइलोसँग बिताउने, मान्यजनहरुलाई भेट्ने जाने विचार छ । आफ्नो कामले गर्दा धेरै जना आफन्तहरुलाई मन हुँदा हुँदै पनि भेट्न नसकेको अवस्थामा दशैंले त्यो अवसर जुटाइदिएकोछ । हामी सबै फुर्सदमा हुन्छौं । खाने पिउने, सजिएर सबैलाई भेट्न जाने त्यही विचार छ ।

इरादा पहाडी
२२ असोज २०७३

वि.सं.२०७३ असोज २२ शनिवार १४:४४ मा प्रकाशित

You can share this post!

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...