back
NMB ad

टेम्पोवाला बैंकरको प्रधानमन्त्री बन्ने सपना !

Kumari bank ad

विष्णुप्रसाद धिताल, अध्यक्ष-एपेक्स डेभलपमेन्ट बैंक

साथीभाईले मोटरसाईकल/गाडी चढेको देख्दा चमत्कार लाग्दथ्यो

क्याम्पस पढ्दाखेरी मोटरसाईकल पनि चढिन्छ र ! गाडी चढिन्छ र कुनै आस थिएन । साथीभाईले मोटरसाईकल गाडी चढेको देख्दा चमत्कार लाग्दथ्यो । अरु मोटरसाईकल चढेको देख्दा बाफ् रे बाफ आफु कहिले चढ्ने होला, सम्भव होला र जस्तो लाग्दथ्यो ! आईएल पढ्न आएको थिएँ । मोटरसाईकल चढ्ने भन्ने कल्पना बाहिरको कुरा जस्तो लाग्दथ्यो । गाउँ फर्केर शिक्षक बन्ने, ल फर्म चलाएर बस्ने भन्ने विषयमात्र मनमा घुमिरहन्थ्यो । मोटरसाईकल/गाडि चढिन्छ भन्ने मेरो कल्पना भित्र छँदै थिएन ।

साईकल किनेर चढ्दा जीवनमा सबैभन्दा ठूलो उपलब्धी हासिल गरें भन्ने लाग्यो

समयक्रमसँगै मैले आईएलको परिक्षा दिएर डोल्पामा जागीर खाएँ । २०४७ सालको कुरो हो । जागीरबाट काठमाडौँ फर्केर आएपछि एउटा साईकल किनें । सायद अहिले जहाज किन्दा मानिस त्यति खुसी हुन्न होला । मलाई साईकल किन्दा त्यति खुसी लाग्यो । त्यति धेरै रमाईलो लाग्यो । साईकल किनेर चढ्दा जीवनमा सबैभन्दा ठूलो उपलब्धी हासिल गरेको महशुस भयो । एक वर्ष डोल्पा जागीर गरेर कमाएको रकमले साईकल किनेर चढ्दा चमत्कार नै गरें जस्तो नि भयो ।

bishnu dhital 4
विष्णुप्रसाद धिताल, अध्यक्ष-एपेक्स डेभलपमेन्ट बैंक

स्थायी जागीर छोडेर पढाईलाई मुख्य प्राथमिकता दिएं

सिंचाईमा अस्थायी जागिरमा भएपनि म स्थायी हुने चरणमा थिएं । आईएल सकेको अब बिएल पढ्नुपर्छ भनेर म स्थायी हुन लागेको सिंचाईको जागीर छोडेर फर्किए । पढाईलाई मुख्य प्राथमिकता दिएं । केहि साथीहरुले खरदारको जागीर छोड्नुहुन्न भोलि कहाँ पुगिन्छ कहाँ भनेर सल्लाह पनि दिए । बिएल र एमए गर्नुपर्छ भन्ने लाग्यो । स्थायी जागिरमा राजीनामा दिएर म काठमाडौ फर्किए ।

मानिस भएपछि संघर्ष गर्नुपर्छ

मानिस भएपछि संघर्ष गर्नुपर्छ भनेर अगाडि बढें । २०५३/५४ मा डिग्री सिध्याएपछि मेरो व्यवसायीक यात्रा सुरु भयो । त्यतिबेला त्रिचन्द्रमा पढाउँदै पनि थिएँ । मैले डोल्पामा सिंचाईमा जागीर गरेँ । त्यस्तै गोकर्ण ट्राभल एण्ड रिसोर्ट, होटल काठमाडौ, नेपाल एयरवेज, प्रकाशवस्ती ल फर्म, त्रिचन्द्र कलेजमा पढाउँने लगायत धेरै जागीर गरें । त्यसैबेला तरुण दलको केन्द्रीय सदस्य भएँ । पढाउन छोडें ।

सफा टेम्पोले उकासेको जीवन

त्यसपछि अब व्यवसाय गर्नुपर्छ भनेर १ लाख ७५ नगद र ३ लाख रुपैंया ऋण गरेर करिब ५ लाखमा सफा टेम्पो किनें । त्यसबाट धेरै फाईदा भयो । व्यापार पनि हेर्दथें । विस्तारै थप अरु टेम्पो र जग्गा पनि किनें । घरजग्गामा र सेयरमा लागनी बढाउँदै गएं ।

सके प्रधानमन्त्री नसके मन्त्री बन्ने इच्छा छ

सफल हुँदै गएपछि विस्तारै मानिसमा सपना बढ्दै जाने रहेछ । राजनीति गरेर माथि उठ्नुपर्छ भन्ने छ । सके सबभन्दा ठूलो पद प्रधानमन्त्री, नसके पनि मन्त्री बन्नुपर्छ भन्ने इच्छा छ ।

bishnu dhital 3
विष्णुप्रसाद धिताल, अध्यक्ष-एपेक्स डेभलपमेन्ट बैंक

भैंसी गोठमा बसेर कार छढ्ने सपना देख्न सकिन

जब अलिकति समयले साथ दिन्छ योजना पनि त्यहि अनुरुप बन्दै जाने रहेछ । म साँसद, मन्त्री भएँ भने प्रधानमन्त्री बन्ने सपना पक्का देख्छु । मानिसमा स्टेप वाई स्टेप योजना परिवर्तन हुन्छ । म गोठमा बस्ने मानिसको योजना यहाँसम्म आईपुग्यो नि । अहिले बैंकर्स भन्दा पनि मुलुकको मन्त्री हाँक्ने, प्रधानमन्त्री बन्ने इच्छा छ । उतीबेला भैंसी गोठमा बसेर कार चढ्ने सपना देख्न सकिनं ।

टेम्पोबाट मासिक ७ लाखको आम्दानी

अहिले इलेक्ट्रिक भेईकलबाट राम्रो आम्दानी छ । एक रुटमा एउटा टेम्पोले ४०÷५० हजार दिन्छ । ५÷७ वटा टेम्पो संचालनमा छन् । त्यस्तै चार्जिङ कम्पनी छ । सबैबाट महिनाको ५ देखि ७ लाख रुपैंया निरन्तर आम्दानी भईरहेको छ । त्यहि रकमले राजनीतिलाई अगाडि बढाउने काम गरिरहेको छु । खास भन्दा मलाई बैंकबाट कमाउनु आवश्यक छैन ।

टेम्पोको आम्दानीले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई छक्क परे

अहिले काठमाडौमा ७ सय सफा टेम्पो कुद्छन् । मैले तालिम दिएर टेम्पो चलाउन सिकाएका महिलाहरुले सुरुमा अरुको टेम्पो चलाउने जागिर खाए । पछि त्यहि टेम्पो किने । बिहे गरे । घर बनाए । आज टेम्पो पनि चलाईरहेका छन् । आरामको जिन्दगी जिईरहेका छन् । त्यो कुरा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पनि सेयर गरें । भट्टराई मेरो कुरा सुनेर छक्क पर्नुभो । र उहाँले म राजनीति मात्र गर्ने गर्छु । तपाई जागीर, व्यवसाय र राजनीति कसरी गर्नुहुन्छ भनेर सोध्नुभयोे । तपाईसँग सबै अनुभव छ । बैंकको अध्यक्ष हुनुहुन्छ । म मुलुकको आर्थिक समृद्धि गर्नुपर्छ भनेर हिंडेको अब तपाई र तपाईको अनुभवले साथ दिनुपर्यो भन्नुभयो । विचार त एक ठाउँमा नआउला तर आर्थिक समृद्धिका लागि एक हुनुपर्यो भन्नुभयो । मलाई उहाँको कुरा एकदमै ठिक लाग्यो ।

bishnu dhital 2
विष्णुप्रसाद धिताल, अध्यक्ष-एपेक्स डेभलपमेन्ट बैंक

बैंकले खेतीका लागि बाटो नपुगेको गाउँको जग्गालाई पनि ऋण दिनुपर्छ

मैले डा. भट्टराईसँग भनेको छु । बैंकले गाउँका किसानलाई ऋण दिनुपर्छ । उनीहरुलाई फलफुल, तरकारी खेती, माछापालन, कुखुरापालन, गाईपालनमा ऋण दिनुपर्छ । गाउँमा बाटो नभएको जग्गालाइ पनि थोरै ऋण दिनुपर्छ । ताकि उनीहरुले प्रगती गरुन् । सबै किसानको घरमा सडक बाटो पुग्न सक्दैन । नीति निर्माताले व्यवहारिकता बुझनुपर्यो । त्यसकारण यस्ता प्रोजेक्ट अगाडि बढाउन सहयोग गर्नुपर्छ भनेपछि उहाँ छक्क पर्नुभयो । विष्णु जी तपाईसँग कामको अनुभव छ म सँग छैन भन्नुभएको छ । म कुनै कार्यस्थलमा बोलाउँछु भन्नुभएको छ ।

रारा विकास बैंक सुर्खेतबाट बैंकमा

२०६५÷६६ मा रारा विकास बैंक सुर्खेतबाट सुरु गरें । त्यहाँ बैंकको डाइरेक्टर भएँ । त्यसपछि रारा विकास बैंक, रोयल मर्चेन्ट फाईनान्स र अपि फाईनान्स पोखरा यी तीन संस्था मर्ज भएर एपेक्स बनाईयो । एपेक्सको डाईरेक्टर हुँदै अध्यक्ष छु ।

आमाको ढुंग्री बैंकमा राखेर पढ्न हिंडेको थिएं

म घरबाट आमाको सुनको ढुंग्री, मारबाडी गोरखाको भच्चेक बैंकमा राखेर पढ्न आएको हुँ । त्यतिबेला सुन राखेर ६ सय रुपैंया बोकेर आएको थिएं । त्यो ६ सयले यहाँ आएर कलेज भर्ना गरें । डेरा खोजें र बसें । पढ्नका लागि कतैबाट पैसा आउने बाटो थिएन । पैसा सकिएपछि घर जाने, साथीभाई सँग सापट मागेर चलाउने गर्दथें । त्यो स्थितिबाट यहाँसम्म आईपुगेको हुँ ।

एनसीसी बैंकलाई भारतीय बैंकसँग ज्वाईन्ट भेन्चरमा अगाडि बढाउने सोच छ

एपेक्स बैंक एनसीसी सँग मर्जमा जाँदैछ । एपेक्सले अहिले धेरै प्रगती गर्दैछ । अब मर्जपछि कमर्सियल बैंक भएर अन्तर्राष्ट्रिय बैंकसँग मिलेर काम गर्ने सोचमा छौं । भारतीय बैंकसँग ज्वाईन्ट भेन्चरमा अगाडि बढाउने कुरो भईसकेको छ । एनसीसी सँग मर्ज हुने बित्तिकै यो ज्वाईन्ट भेन्चरमा जान्छ ।

bishnu dhital 5
विष्णुप्रसाद धिताल, अध्यक्ष-एपेक्स डेभलपमेन्ट बैंक

अब एनसीसी किसानमुखी र नेपालको टप बैंक बन्छ

मर्जपछि एनसीसीलाई नेपालको टप बैंक बनाउने र भारतीय बैंकसँग साझेदारीमा अगाडि बढाउने पक्का पक्की भइसकेको छ । गाउँ–गाउँमा शाखा विस्तार गर्ने र किसानमुखी अर्थात कृषिमुखी बनाएर नयाँ पहिचान दिनेछौं । हिजोको एनसीसी होईन, आजको एनसीसी र भोलिको एनसीसी बनाउँछौं ।

एनसीसीको २ अर्बको राईट र बोनस सेयर

हामी दुईको मर्ज हुँदा पुँजी ६ अर्ब हुन्छ । त्यसपछि हामी राईट सेयर दिन्छौं । हामीसँग बोनस सेयर पनि आउँछ । २ अर्ब जति बोनस सेयर र राईट सेयर दिन्छौं । बैंकिङ इतिहाँसमै कायापलट ढंगले यो अगाडि बढ्छ ।

मोडेल पेश गरे बिदेशी रकमको ओईरो

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालले दैनिक लास भित्र्याउँदैछ । सबैलाई गुणस्तरीय स्वास्थ्य, शिक्षा दिनुपर्नेछ । तरकारी, फलफुल र कृषिमा सबै बैंकहरुले लगानी गर्नुपर्यो । त्यहाँ एउटा वातावरण बनाईनुपर्यो । हरेक युवाले त्यही रोजगारी पाओस् । त्यसका लागि नमूना नगरपालिका बनाईनुपर्यो । मोडेल पेश गरे बिदेशी रकम आउन तयार छ । रकमको ओईरो लाग्नेछ । ट्राउट माछा, कुखुरापालन, तरकारी खेती, बंगुरपालन लगायत प्रोजेक्ट बनाईनुपर्यो । विशेष क्षेत्र नै तोकेर काम गर्नुपर्यो । बस्ती कहाँ बसाल्ने र खेती कहाँ गर्ने भन्ने बनाईनुपर्यो । विकास गर्नुपर्यो । अब खुल्ने बाटोहरु फराकिलो बनाईनुपर्यो । मुलुकलाई आर्थिक समृद्धि गर्न संबिधान संसोधन कार्यान्वयन र विकासमा लाग्नुपर्यो ।

bishnu dhital 1
विष्णुप्रसाद धिताल, अध्यक्ष-एपेक्स डेभलपमेन्ट बैंक

एउटा बैंकले एउटा गाविसलाई मोडल बनाउने गरि राज्यले जिम्मा दिनुपर्यो

एकमुष्टरुपमा सबै बैंकले गाविसहरुमा मोडेल पेश गरेर लगानी गरेर उदाहरण दिन सक्छन् । हरेक बैंकलाई एउटा÷एउटा गाविस जिम्मा दिने सरकारी निती चाहिन्छ । अहिले ७५ जिल्लाका ७५ गाविस छनौट गरेर बैंकलाई लगानी गर्न दिउँ न । त्यस गाविसको प्राकृतिक स्रोत र साधनको पहिचान गर्दै बैंकहरुले नमूना गाविस बनाउन सकुन् । बैंकलाई जिम्मा दिउँ । एउटा बैंकले एउटा गाविसलाई मोडल बनाउन राज्यले जिम्मा दिनुपर्यो । होमस्टे, ट्राउट माछा, बाटो खोलेर हुने हो कि, कृषिबाट हुने हो कि, गाविसको सम्भावनाको पहिचान गरि एक÷एक बैंकलाई लगानी गर्न भन्नुपर्यो । काम सबै ठाउँमा हुन्छ, सबै बैंकले फाईदा लिन पनि सक्छन् । बैंकहरुले धेरै लगानी गर्नु पर्दैन, १०÷२० करोड लगानी गर्दैमा मनग्गे नाफा कमाउन सक्नेछन् ।

(अर्थतन्त्रका लागि रामेश्वर कार्की र हरिशरण न्यौपानेसँगको कुराकानीमा आधारित)

प्रकाशित मितिः २०७३ कार्तिक २

वि.सं.२०७३ कात्तिक २ मंगलवार १८:२१ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...