back
NMB ad

बाह्र सहकारी खारेज !

Kumari bank ad

कञ्चनपुर/डडेल्धुरा । नियमित लेखापरीक्षण र  कारोबार विवरण नपठाउने तथा ऐन नियम पालना नगर्ने १२ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ ।

डिभिजन सहकारी कार्यालय कञ्चनपुरले गत आवमा  कञ्चनपुरका सात र डडेल्धुराका पाँचवटा सहकारी खारेज गरेको हो । नियमित लेखापरीक्षण नगर्ने तथा कारोबार विवरण नपठाउने दुवै जिल्लाका ९१ वटा सहकारीलाई सजग गराएको डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत रामबहादुर खातीले जानकारी दिए ।

कार्यालयले डडेल्धुराका ४७ र कञ्चनपुरका ४४ वटा सहकारीलाई सहकारी नियम पालना गरी लेखापरीक्षण गराई विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको छ । “सूचना जारी गरेपछि केही सहकारी सम्पर्कमा आएर विवरण बुझाउन तयार भएका छन्,” उनले भने । “अटेर गर्ने सहकारीलाई चालु आवको अन्त्यतिर खारेज गरिन्छ ।”

सहकारीको सङ्ख्यामा आएको वृद्धिसँगै यहाँ सेयर लगानी, बचत र ऋण लगानी समेत बढिरहेको डिभिजन सहकारीले जनाएको छ । कञ्चनपुरमा रहेका ४०६ वटा सहकारीले रु एक अर्ब ६५ करोड ऋण लगानी गरेका छन भने रु ३६ करोड २२ लाख सेयर पुँजी रहेको छ । यस्तै ती सहकारीको रु ९३ करोड ५१ लाख बचत रहेको छ ।

यस्तै डडेल्धुरामा सेयर पुँजी रु ३६ करोड ३२ लाख, बचत रु ६ करोड २३ लाख तथा रु ९ करोड ८० लाख ऋण लगानी रहेको बताइएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक ९

वि.सं.२०७३ कात्तिक ९ मंगलवार १७:५० मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...