back
NMB ad

भारु पाँचसय र हजारको चलनचल्तीमा रोक लागेपछि सीमावर्ती बजार सुनसान, अवैध कारोबार गर्नेहरुमा खैलाबैला !

Kumari bank ad

विराटनगर । भारत सरकारल गएरातिदेखि आफ्ना पाँचसय/हजारको नोटको चलनचल्तीमा रोक लगाएपछि दुबै मुलुकका सीमावर्ती बजारमा यसको प्रत्यक्ष प्रभाव देखिएको छ । सीमावर्ती भारतीय जोगबनी बजारमा पाँचसय/हजार नोटको चलनचल्तीमा रोक लागेपछि बजारप्राय सुनसान अवस्थामा पुगेको छ भने मोरङ र झापाका मनिचेन्जर (सटही) सञ्चालक प्रत्यक्ष मर्कामा परेका छन् ।

भारतीय नोटको कारोबारमा संलग्न मनिचेन्जर,अवैध कारोबार गर्नेहरु, भारतीय नोट सङ्कलन गरी बढी मूल्यमा बिक्री गर्नेबीच यतिखेर खैलाबैला मच्चिएको छ । पूर्वाञ्चलमा सबैभन्दा बढी मोरङ र झापामा भारतीय नोटको कारोबार हुने गर्छ । झापामा ३६ वटा र मोरङमा २४ वटा मनिचेन्जर सञ्चालनमा छन् । यस बाहेक, कतिपय व्यापारीले भारतीय नोट सङ्कलन गरी बढी मूल्यमा बिक्री गर्ने गरेका छन् ।
सीमावर्ती क्षेत्रमा नेपाली बासिन्दालाई भारततर्फ आवतजावत गर्नका लागि जोहो गरेर राखेका भारु पाँचसय र हजारका नोटको चलनचल्तीमा रोक लागेपछि उनीहरु बिच्चलीमा परेका छन् ।

भारु पाँचसय÷हजारका नोट आधा मूल्यमा सटही गर्न कतिपय नेपाली बाध्य भएका छन् । यता मोरङ उद्योग सङ्गठनका अध्यक्ष शिवशङ्कर अग्रवालले यस निर्णयबाट नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताउँछन् । “भारु पाँचसय÷हजारको नोटको कारणले तस्करी बढ्ने गरेको थियो, अब भन्सारको माध्यमबाट नै अधिकांश भारतीय सामान भित्रिने सम्भावना बढेकाले स्वभाविक रुपमा राजस्व सङ्कलनमा वृद्धि हुनेछ,” उनले भने ।

झापा उद्योग वाणिज्य सङ्घका महासचिव पङ्कज शर्मा जिल्लामा दैनिक एक करोड भारतीय रुपैयाँको कारोबार हुने गरेको बताउँछन् । अधिकांश व्यापारी वा मनिचेन्जरसँग ठूलो परिमाणमा त्यस्ता नोट मौज्दात रहेका उनको भनाइ छ ।

प्रकाशित मितिः २०७३ कार्तिक २४

वि.सं.२०७३ कात्तिक २४ बुधवार १७:५१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...