back
NMB ad

सेयरमा रातो झण्डा ६५ अंकको गीरावट, तैपनि कुन–कुन कम्पनीले कमाए हेर्नुहोस् !

Kumari bank ad

काठमाडौ । गत साताको अन्त्यमा १७६२.२१ अंकमा रहेको सेयर बजार यो साता १६९७.१७ अंकमा झरेको छ । गत साताको तुलना गर्दा यो ६५.०४ अंकको गीरावट हो । आईतबार बिदाको दिन परेका कारण यो साता ४ दिनमात्र सेयर कारोबार भयो । बजारमा पहिलो ३ दिन दोहोरो अंकको गीरावट आयो । साताको कारोबार अन्तिम दिन ०.३१ अंकको सुधार भएर सेयर बजार बन्द भयो ।

नेपाल स्टक एक्सचेन्जमा १४६ कम्पनीहरुको कारोबार भए । यो साता सेयर बजारमा दुई अर्ब ८४ करोड रुपैंयाको ५३ लाख ५९ हजार रुपैयाँ बराबरका ४० लाख छ हजार आठ सय ९० कित्ता सेयरहरु खरिद बिक्री भए ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ११.६७ अंकले घटेर ३६७.०२ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम (१९ करोड २७ लाख ३० हजार रुपैयाँ) को आधारमा सिभिल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (पाँच लाख ८४ हजार कित्ता)  को आधारमा तथा कारोबार संख्या (१७४९ वटा) को आधारमा पनि सिभिल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

कारोबार रकमका आधारमा सिभिल बैंक, मुक्तिनाथ विकास बैंक, बैंक अफ काठमाण्डौ, एभरेस्ट बैंक, नेको इन्स्योरेन्स कम्पनी उत्कृष्ट कम्पनी ठहरीए ।

समग्रमा हेर्दा, यो साता सेयर बजारमा निकै उतारचढाव आयो । बजारमा कुनै पनि कम्पनीका लगानीकर्तामा उल्लेख्य आकर्षण रहेन । अमेरिकी राष्ट्रपतिको चुनाव र भारत सरकारको ५ सय र १ हजार दरका भारु नोट बन्द गर्ने निर्णयले नेपाल सेयर बजारमा प्रभाव परेको हो । यस्तो प्रभाव नेपाली सेयर बजारमा मात्र नभएर विश्व सेयर बजारमा नै देखिएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक २७

वि.सं.२०७३ कात्तिक २७ शनिवार ०९:४० मा प्रकाशित

You can share this post!

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...