back
NMB ad

सूर्तिजन्य पदार्थमा चेतावनीमूलक सन्देश राख्नेमा नेपाल पहिलो

Kumari bank ad

काठमाडौ। सूर्तिजन्य पदार्थमा चेतावनीमूलक सन्देश राख्ने मुलुकको सूचीमा नेपाल पहिलो स्थानमा परेको छ ।
क्यानेडियन क्यान्सर सोसाइटीले सूर्तिजन्य पदार्थमा ‘चेतावनीमूलक सन्देश’ विषयक अन्तर्राष्ट्रिय प्रतिवेदन सार्वजनिक गर्दै उक्त कुरा उल्लेख गरेको हो ।

यसअघि विश्व स्वास्थ्य सङ्गठनले सन् २०१५ मा आवुधावीमा भएको विश्व सूर्ति सम्मेलनमा पनि नेपाललाई सम्मान गर्नुका साथै कानुनको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक सहयोग प्रदान गरेको प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले जनाएको छ ।

सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ र त्यसपछि आएका नियमावलीले व्यवस्था गरेअनुरुप नेपालले ९० प्रतिशत चेतावनीमूलक चिह्न राख्ने व्यवस्था २०७१ जेठ १ गतेदेखि लागू गरेको थियो ।

सरकारले सूर्तिजन्य पदार्थको बट्टा, पोका, ¥यापर्स, पेटी तथा पार्सल र प्याकेजिङको बाहिरी कुल भागमध्ये ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र घातक रङ्गीन चित्र छाप्न तथा अङ्कित गर्न निर्देशन दिएको थियो ।

क्यानेडियन क्यान्सर सोसाइटीले भारतको दिल्लीमा भइरहेको विश्व स्वास्थ्य सङ्गठनको फ्रेमवर्क कन्भेन्सनका सरोकारवालाको सातौँ कन्फरेन्स अफ दी पार्टीको दौरानमा सो प्रतिवेदन जारी गरेको हो ।
सूर्ति नियन्त्रणका लागि अन्तर्राष्ट्रिय अभिसन्धिको अनुमोदन गर्ने १८१ राष्ट्रको सम्मेलन भारतको नोइडा, उत्तर प्रदेशमा यही कात्तिक २२ गतेदेखि सुरु भएको सम्मेलन शनिबारसम्म जारी रहनेछ । विश्व स्वास्थ्य सङ्गठनको आयोजनामा भइरहेको सो सम्मेलनमा विश्वका तीन हजारभन्दा बढी सरकारी तथा गैरसरकारी संस्थाको सहभागिता रहेको छ ।

सन् २००१ देखि नै नेपालले यो सम्मेलनमा सरकारी र गैरसरकारी तवरबाट सहभागिता जनाउँदै आएको छ । यसपटक नागरिक समाजका तर्फबाट शान्तलाल मुल्मी र डा प्रकाश रेग्मीको सहभागिता रहेको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक २७

वि.सं.२०७३ कात्तिक २७ शनिवार १२:३८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...