back
NMB ad

भारु ५०० र १००० प्रतिबन्ध–नोट माथि सुत्नेलाई समस्याःऔपचारिक व्यापारलाई प्रोत्साहन,पूर्व गभर्नर खतिवडाको विश्लेषण !

Kumari bank ad

ठूला भारु साट्न नपाईदा दुःखी छु

भारतीय ठूला मुद्राहरु हामीकहाँ नचल्दा समस्या भयो भनेर मैले ३ चोटी आरबीआईको गभर्नरसँग भनेर त्यहाँको सरकारी बैठकमा राख्न लगाएको मेरो चार वर्षको प्रयास त्यसमा म सफल भएँ भनेको अहिले त्यसले काम नगर्दा म दुःखी छु ।

खल्तीमा ५०० को भारु पर्यो भने जेल जानुपर्ने

वास्तवमा तिर्थाटन, औषधोपचारमा २५,००० लिएर जाँदा नि धेरै ठूलो गड्डी लिएर जानुपर्यो । त्यहाँ खाता खोल्न गाह्रो छ । एटिएमा कार्ड लिएर गयो त्यहाँ १५,००० भन्दा बढि झिक्न पाईदैन । यस्ता नेपालीलाई समस्या भयो । पारिबाट बैदेशिक रोजगारी गरेर फर्केका नेपालीको खल्तीमा ५०० को भारु पर्यो भने जेल जानुपर्ने अवस्था भयो । पर्यटकहरु भारु नोट बोकेर आए एयरपोर्टमा पक्राउ खाए । यो व्यवहारिक भएन भनेपछि समस्या भएछ भनेर भारतले प्रतिबन्ध हटाएको डेढ वर्षकेहि बढि भयो । अहिले हामी पुरानै अवस्थामा फर्कियौं ।

नोट माथि सुत्नेलाई समस्या

यो बीचमा ५००, १,००० को नोट पनि चल्ने भए । त्यहि नोट घरमा राख्या छ र नोटमाथि सुतेको छ भने उसलाई समस्या त पर्ने भयो । अथवा यताको सुन सिमापारी लैजादै भारु ५००, १,००० ल्याउँदै नेरु साट्दै गरेको भए उ त समस्यामा पर्ने भए । तीनीहरुप्रति हामीले त्यति धेरै चिन्ता लिनुहुँदैन । म सँग नि होला २÷४ हजार भारु त्यो मैले कहिं जाँदा साटेको थिए । त्यो मेरो खोस्टा हुने भन्ने चिन्तालाई सम्बोधन गर्नुपर्छ । तर मैले अनधिकृतरुपमा जम्मा गरेको थिएं । अब साट्दा स्रोत देखाउनुपर्ने भयो भन्ने कुराको चिन्ता हामीले लिनुपर्दैन ।

कानुनीरुपमा भएको मुद्रा त राष्ट्र बैंकले साटिदिन्छु भनेकै छ

हामीसँग कानुनीरुपमा भएको मुद्रा त राष्ट्र बैंकले साटिदिन्छु भनेकै छ । यो राष्ट्र बैंकले यो सम्बन्धी कुरा राम्ररी अगाडि बढाउन नसकेर पो यस्तो भएको हो । यो केहि होईननी । कुनै देशको मुद्रा तपाईले होल्ड गरेको रकम कहिल्यै खोस्टा हुँदैन । निश्चित समयपछि हामी लिंदैनौं भनेको त्यो त हामीले पनि राजाको तस्विर अंकित नोटलाई विस्थापन गरेकै हो ।

अब भारतमा खाता खोल्नलाई सरल बनाईनुपर्छ

अब म खुसी छु । बजारमा औपचारिक व्यापार फस्टाउँछ । अनौपचारिक व्यापार बन्द हुन्छ । बैंकिङ प्रणालीबाट कारोबार हुन्छ अरु कम हुन्छ । भन्सारको माध्यमबाट व्यापार हुन्छ । गैर भन्सारको माध्यमबाट व्यापार कम हुन्छ । नेपालीहरुको आर्थिक क्रियाकलापहरु तथ्याँकमा बढि प्रतिबिम्बित हुन्छ । यसमा नेपालीले दुःख पाउने भनेको थोरै पैसा वारपार गर्नेहरुलाई हो । भारतमा खाता खोल्ने व्यवस्थालाई सरल बनाउनुपर्छ । र अहिले जो–जो सँग सिमित रकम छ त्यसलाई बैंकिङ प्रणालीमा छिटो ल्याईदिनुपर्छ ।

प्रकाशित मितिः २०७३ कार्तिक २७

वि.सं.२०७३ कात्तिक २७ शनिवार १६:०७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...