back
NMB ad

धानको उत्पादन बढ्यो, तोकियो मूल्य !

Kumari bank ad

काठमाण्डौं । सरकारले यस वर्ष किसानले उत्पादन गरेको धानको बिक्रीका लागि न्यूनतम मूल्य तोकेको छ।

मोटो धान प्रतिक्वीन्टल न्यूनतम २ हजार ७० र मध्यम खालको धानको प्रति क्वीन्टल २ हजार २ सय ३० रुपैयाँ तोकिएको कृषि विकास मन्त्रालयले जनाएकोछ । यो मूल्य बर्खे धानको लागि निर्धारण गरिएको हो ।

गत आर्थिक वर्ष ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ५ लाख १० हजारले वृद्धि भएर करिब ४८ लाख मेट्रिक टन फल्ने मन्त्रालयको प्रक्षेपण छ। यस वर्ष धान रोप्ने बेलामा पर्याप्त मनसुन हुनु तथा बिउ, मलको सहज वितरण भएकाले गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो।

यस वर्ष करिब १४ लाख २५ हजार ३ सय ४६ हेक्टर धान उत्पादन हुने क्षेत्रमध्ये १३ लाख ७७ हजार ४२ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो।  जसमा तराई क्षेत्रमा ९७ प्रतिशत, मध्य पहाडी क्षेत्रमा ९८ र उच्च हिमाली क्षेत्रमा ९९ प्रतिशत रोपाइँ भएको थियो।

२९ कार्तिक २०७३, १२।००

वि.सं.२०७३ कात्तिक २९ सोमवार १२:५७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...