back
NMB ad

मधेसवादीलाई माधव नेपालको प्रश्नः संविधानमा मधेस विरोधी कुन दफा छ ?

Kumari bank ad

सिराहा। नेकपा (एमाले) का नेता माधवकुमार नेपालले अहिलेको संविधान विश्वमै उत्कृष्ट रहेकाले संविधानमा मधेस विरोधी कुनै दफा भए देखाउन मधेसवादी दलहरुलाई चुनौती दिएका छन् ।

सिरहाको लहानमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने–“छिमेकी देश भारत, अमेरिकालगायतका देशको संविधानभन्दा पनि अहिलेको संविधान उत्कृष्ट छ, यदि संविधानमा मधेसविरोधी कुनै दफा, उपदफाहरु छन् भने मधेसवादी दलहरुले देखाउन् ?”

“अमेरिकामा ५५ प्रतिशतले संविधान बनाए, भारतमा ६० प्रतिशतले, तर नेपालमा ९० प्रतिशतले संविधानलाई मन पराएका छन्, उनले भने–“ संविधान बन्दा केही असन्तुुष्टि हुनु स्वाभाविक हो, पछि सबैको चित्त बुझिहाल्छ ।”

एमालेलाई मधेसविरोधी पार्टी भन्ने प्रचारबाजी गर्नु गलत हो भन्दै उनले एमाले मधेसविरोधी पार्टी कसरी भयो ? प्रमाणित गरेर देखाउन चुनौती समेत दिए ।

अङ्गीकृत नागरिकता पाएका व्यक्तिले प्रधानमन्त्री र राष्ट्रपतिमा जान पाउनुपर्ने माग गलत भएको टिप्पणी गर्दै उनले अङ्गीकृत नागरिकता लिएकालाई राष्ट्राध्यक्ष, प्रधानमन्त्री बनाउने माग कुुनै पनि हालतमा स्वीकार्य नहुुने बताए ।

प्रकाशित मितिः २०७३ कार्तिक २९

वि.सं.२०७३ कात्तिक २९ सोमवार १८:५९ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...