back
NMB ad

नौमती बाजाको धुन सुनेर बसिरहन मन छ, त्यसोभए भोलि नै नाचघरमा जानुस् !

Kumari bank ad

काठमाडौ। दोस्रो राष्ट्रिय नौमती–पञ्चेबाजा महोत्सव राष्ट्रिय नाचघर जमलमा सुरु भएको छ । एक कार्यक्रमका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले नगरा बजाएर महोत्सवको उद्घाटन गरे ।

नेपाल नौमती–पञ्चेबाजा प्रतिष्ठान तथा सांस्कृतिक संस्थानले आयोजना गरेको दुई दिने महोत्सवको आज पहिलो दिन पञ्चेबाजाका विभिन्न राग र धुन प्रस्तुत गरिएको थियो । रामेछाप, धादिङ, ललितपुरलगायत करिब आठ जिल्लाका टोलीले मङ्गल÷पल्टनिया धुन, बिहानचरी/बेहुली माग्ने धुन, अन्माउने धुन, चौतल धुन, नेवारी ख्याली/मालश्री रागलगायत नौमती तथा पञ्चेबाजाका प्रस्तुति दिएका थिए ।
त्यस्तै, कार्यक्रममा पञ्चम ब्यान्डको तर्फबाट सांस्कृतिक प्रस्तुति, दमाई नाच, हुड्के÷छलियासहित विभिन्न कला प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा उपराष्ट्रपति पुनले नेपालीको मौलिक संस्कृतिमा आधारित नौमती र पञ्चेबाजाको संरक्षण गर्दै यसलाई समयअनुकूल आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्ने बताए । उनले भने, “वैदिक कालभन्दा अघिदेखिको नौमती–पञ्चेबाजा संरक्षण र विस्तार आजको आवश्यकता हो । यसको जगेर्ना गर्नसके संस्कृति जोगिनुका साथै युवालाई पनि रोजगारी दिलाउन सकिने छ ।”

नौमती–पञ्चेबाजा प्रतिष्ठानका अध्यक्ष विनोद पहाडीले आफ्नो संस्था राजनीतिक र जातीय हिसाबले सबैको साझा बनाउने प्रयत्नमा लागेको बताउँदै नौमती–पञ्चेबाजा संरक्षणका लागि राज्यबाटै बजेट विनियोजन हुनुपर्ने धारणा राखेका थिए ।

सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले नौमती–पञ्चेबाजाको संरक्षणमा दमाई समुदायमात्र नभएर सबै समुदाय हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मितिः २०७३ मंसिर १

वि.सं.२०७३ मंसिर १ बुधवार १८:१७ मा प्रकाशित

You can share this post!

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...