back
NMB ad

जो कुनैबेला मासिक हजार कमाउँथे, आज ३ घण्टाकै लागि कम्तीमा २५ करोड कमाउँछन् !

Kumari bank ad

भारतको सबै सिने उद्योगमा पारिवारिक पृष्ठभूमिले अहम भूमिका खेल्छ। गैर फिल्मी परिवारबाट आएर स्थापित हुनु आफैमा चुनौतीपूर्ण हो। स्टार छोराछोरीलाई फिल्ममा प्रवेश त सहज छ तर लामो समय टिक्न भने आफै मेहेनत गर्नुपर्छ। यस्तैमा पर्छन। दक्षिण भारतिय तमिल सुपरस्टार सूर्या। उनी तमिल अभिनेता शिव कुमारका छोरा  तथा अभिनेता कार्तिकका भाइ हुन्। यस्तो पृष्ठभूमि भएपनि फिल्ममा स्थापित हुन कडा मेहेनत गर्नुपर्‍यो। उनका बारेमा यस्ता तथ्य रहेका छन्।

फिल्म करियर शुरू गर्नुभन्दा पहिले सूर्या कपडा फ्याकट्रीमा काम गर्थे।
– ८ महिना सम्म उनले त्यहाँ आफ्नो परिचय गोप्य राखेर काम गरेका थिए। त्यहाँ काम गर्दा उनको पारिश्रमिकका रूपमा मासिक १००० पाउँथे।
– सूर्यले पहिलोपल्ट फिल्मको अफर १९९५ मा पाएका थिए। फिल्ममा लिड रोल भएपनि भूमिका चित्त नबुझेपछि खेल्न अस्विकार गरेका थिए।

– सन् १९९७ मा २२ वर्षको उमेरमा उनले फिल्ममा डेब्यू गरे।
– सुपरस्टारका छोरा भइकन पनि फिल्ममा स्थापित हुनलाई उनले गतिलै संघर्ष गर्नुपर्‍यो।
– आत्मविश्वास, स्मरणशक्तिको कमी, फाइट खेल्ने दक्षता तथा नृत्यमा कमजोर हुनाको कारण करियरको सुरूवातमा उनले कठिनाइपूर्ण रह्‍यो। उनका गुरू राघुवरनले उनलाई आफ्ना पिताको शैलीबाट अलग हुने सल्लाह दिएपछि उनको करियरले मोड लियो।

– सन् २००१ मा आएको नन्दा फिल्म उनको करियरको महत्वपूर्ण मोड सावित भयो। उनले सो फिल्मबाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड हात पारे।
– अभिनेताका अलवा सूर्या फिल्म निर्माता तथा टेलिभिजन प्रस्तोता पनि हुन्।
– सन् २०१० मा उनले रक्त चरित्र फिल्मबाट बलिउडमा सर्वोत्कृष्ट डेब्यू अभिनेताको स्क्रिन अवार्ड पाएका थिए।
– उनी हाल प्रति फिल्म २० देखी २५ करोड भारू लिने गर्छन्।
– उनी अभिनित फिल्महरू गजनी, सिघंम, फोर्स जस्ता फिल्म बलिउडमा रिमेक भइसकेका छन्
– फिल्मबाट पारिश्रमिकका अलावा फिल्मको वितरण अधिकार बापत पनि अतिरिक्त पैसा लिने गर्छन्।
– उनको नयाँ फिल्म सिघंम-३ रिलिजका क्रममा रहेका छन्।
– उनी हाल दक्षिण भारतिय फिल्ममा सर्वाधिक पारिश्रमिक बुझ्ने अभिनेता हुन्।

८ मंसिर २०७३, १०।००

वि.सं.२०७३ मंसिर ८ बुधवार ११:०२ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...