back
NMB ad

बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ ३० प्रतिशत बोनस सेयर !

Kumari bank ad

काठमाण्डौं । हिमालय बैंक लिमिटेडले आफ्ना लगानीकर्ताहरुका लागि ३० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बैंकको हिजो बसेको ३ सय ३८औं बोर्ड मिटिङले उक्त निर्णय गरेको हो ।

यसका साथै कम्पनीले १.५७ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ । बैंकको यो निर्णयलाई बैंकको साधारण सभा एवं नेपाल राष्ट्र बैंकले स्वीकृत दिन बाँकी नै छ । बैंकले गत आर्थिक वर्ष २०७०/०७१ मा एक अर्ब १० करोड २८ लाख रुपैयाँ खुद नाफा गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ९४ करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकले गत आर्थिक वर्षमा २ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन आम्दानी अघिल्लो वर्षको तुलनामा केही कम हो । यस अवधिमा बैंकले फि तथा कमिशनबाट ५५ करोड रुपैयाँ ७८ लाख, अन्य सञ्चालन आम्दानी २० करोड ६४ लाख, विदेशी मुद्राको कारोबारबाट ३८ करोड ५१ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

अघिल्लो वर्ष ३ अर्ब ५२ करोड ३९ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको बैंकले गत वर्ष करिव २२ करोड रुपैयाँ बढी ३ अर्ब ७४ करोड ५१ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गर्न सफल भएको छ ।

१५ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर १५ बुधवार ११:४७ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...