काठमाण्डौं । गत बर्षको नाफाबाट महालक्ष्मी विकास बैंकले ८ प्रतिशत बोनस सेयर दिने भएको छ। हिजो बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले वोनस सेयर दिने प्रस्ताव गरेको हो।
बैंकले पारित गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइ साधारणसभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउँछन्।
मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स र सिद्धार्थ फाइनान्स गाभिएर बनेको महालक्ष्मी विकास बैंकले तत्कालिन मालिका विकास बैंकको नाफाबाट यो लाभांश घोषणा गरेको हो।
१६ मंसिर २०७३, १०।३०
वि.सं.२०७३ मंसिर १६ बिहीवार १०:५६ मा प्रकाशित