back
NMB ad

तपाई पनि सेयरको लगानीकर्ता हो ? पढ्नुहोस् बजारको घटबढले तपाईमा पार्ने असर !

Kumari bank ad

काठमाण्डौं । हाम्रो सेयर बजारमा दैनिक रुपमा उतार चढाव आइरहेकोछ । १२ सयमा रहेको नेप्सेले १८ सय कट्यो र अहिले फेरि १६ सय छुने तल छर्ने १४ सय पुग्ने फेरि फर्किने गरिरहेकोछ । यस्तो बेलामा सेयरको उतार चढावसँगै हाम्रो जिन्दगीमा पनि उतार चढाव भइरहेको हुन्छ ।

एक अध्ययनले देखाए अनुसार, सेयर बजार ओरालो लागेका बेला केही बर्षअघि अमेरिकामा पनि नेपालमा जस्तै लगानीकर्ताहरु रिसाएका रहेछन्। लगानीकर्तालाई किन र कोसँग वढि रिस उठेको रहेछ भनेर वासिङटन पोस्टले एउटा अध्ययन नै गरेको रहेछ।

आफ्नो चाहना पुरा नहुँदा लगानीकर्ता निरास हुँदा रहेछन्। के कारणले चाहना पुरा भएन, त्यो कारण आफै खोज्दा रहेछन् र त्योसँग उनीहरु रिसाउँदा रहेछन्।

खोजेको जस्तो नतिजा नआउने । आए पनि थोरै आउने । यसो हुँदा लगानीकर्ता निरास हुँदा रहेछन्। निरासालाई ब्यक्त गर्न उनीहरु रिसाउँदा रहेछन्।

यदि कसैले तपाईको भावनामा चोट पुर्यायो भने त्योसँग रिस उठ्नु स्वभाविक हो। लगानीकर्तालाई लाग्यो अहिले मिडियाले समाचार लेखिदिँदा सेयर बजार ओरालो लागिरहेको छ। उनीहरुले रिस पोख्ने पात्र पाएका छन्। त्यही रिस उनीहरुले अहिले मिडियालाई पोखेका हुन्।

सेयर बजार १८८१ पुग्दा धितोपत्र वोर्डले बजारको लगानीलाई पारदर्शी बनाउन समिति गठन गर्यो। यो निर्णयले बजार घट्यो। सेयर लगानीकर्ता धितोपत्र वोर्डसँग रिसाए। राष्ट्र बैंकले मार्जिन लेन्डिङमा कडाइ गर्दा लगानीकर्ता केन्द्रीय बैंकसँग रिसाउँछन्।

वासिङटन पोस्टले लेखेको छ, यस्तो बेलामा दुई खालका रिस उठ्दा रहेछन्। एउटा प्यासिभ र अर्को एग्रेसिभ । प्यासिभ रिसले आफ्नै कमजोरी देखाउने रहेछ र आफैसँग रिस उठ्ने रहेछ। जस्तो मैले धेरै लोभ नगरेर पहिले नै बेचेको भए आज घाटा हुँदैन थियो। वा समयमा किन्न नसक्दा मैले लाभ उठाउन सकिन।

एग्रेसिभ रिसले आफूभन्दा अरुसँग रिस उठ्दो रहेछ। यस्तो रिस चाँडो ब्यक्त हुँदो रहेछ। जस्तो, मैले कमाएको त्यसले देख्न नसकेर यस्तो गरिदियो। त्यसले जान्ने भएर लेखिँदिँदा, निर्देशन ल्याइदिँदा मैले कमाइरहेको गुमाउनु पर्यो।

सेयर बजारलाई जसले सामान्य रुपमा लिए उनीहरुलाई समस्या देखिएन। जसले बजारलाई ुक्रेजु बनाए र रिसाउन थाले उनीहरुमा केही स्वास्थ्य समस्या पनि दखियो। वासिङटन पोस्टका अनुसार, रिसाउने लगानीकर्ताहरुमा शरिरमा एड्रिनलिन र नोराड्रिनलिनको स्तर बढ्यो।

उनीहरुमा ब्लड प्रेसर, छातिमा दुखाइ, टाउको दुख्ने, माइग्रेसन, एसिडिटीजस्ता समस्याहरु देखिएका थिए ।

१७ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर १७ शुक्रवार १६:४४ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...