काठमाण्डौं । सेवा विकास बैंक लिमिटेडले १२० प्रतिशत अर्थात १ बराबर १.२ कित्ता हकप्रद सेयर को आबेदन मंसिर २३ गतेदेखि खोलेको छ । असोज १८ गतेसम्म कायम रहेका सेयरधनीले पौष २७ गतेसम्म हकप्रद भर्न सक्नेछन् ।
बैकले १०० रुपैयाँ दरको ५१ लाख ६ हजार ६ सय ६२ कित्ता हकप्रद जारी गरेकोे हो । बैंकको हकप्रद भर्नको लागि सेयर रजिष्टार एनएमबि क्यापिटल नक्साल, एनएमबि बैंकको तथा सेवा विकास बैंकको सबै शाखाहरु मार्फत भर्न सक्नेछन् ।
२३ मंसिर २०७३, ११।००
वि.सं.२०७३ मंसिर २३ बिहीवार १८:३५ मा प्रकाशित