back
NMB ad

नेप्से घट्यो भनेर नआतिनुस्, अब उक्लिन्छ हेर्नुस् १७ कारण !

Kumari bank ad

प्रमोद केसीको विष्लेषणः

काठमाडौ । प्रमोद केसी जसले सेयर बजारबारे भविष्यवाणी गरेका छन् । उनले सेयर बजारको भबिष्यबारे केही कुराको चर्चा गरौं भन्दै अबको नेप्सेको प्वाइन्ट २५०० हुने दाबी गरेका छन् । केसीका विष्लेषणका निम्न १७ कारण नेप्सेमा धेरै सुधार हुनेछ ।

१. नयाँ तथा अन्तर्राष्ट्रिय मापदण्डको अनलाईन कारोबार प्रणाली निकट भबिष्यमै आउँदैछ जसले बजारलाई अरु सजिलो, बिस्वासिलो र पारदर्शी बनाईदिनेछ।

२.सेयर बजारमा गैरआवासीय नेपालीको लगानी भित्र्याउने कुरामा सबैको सहमतिका साथ कामहरु अन्तिम चरणमा छ, यसबाट सेयर बजारमा उल्लेखनीय परिवर्तन हुनेछ।

३.बाणिज्य बैंकहरुलाई सेयर दलालकोरुपमा काम गर्न दिने कुरामा सबैको सहमति छ र यो पनि निकट भबिष्यमा हुनेनैछ।

४. मार्जिन कर्जा पनि सेयर दलालमार्फत नै प्रबाह हुने कुरामा पहल भईरहेको छ।यसबाट पनि बजारको आकार बढ्न गई हामी लगानीकर्तालाई नै फाईदा पुग्नेछ।

५. नागरिक लगानी कोष र कर्मचारी संचयकोष सेयर बजारमा प्रबेश गरी उनीहरुसँग रहेको ठूलो पूँजी यहाँ परिचालन भएमा सेयर बजारकै आधार बलियो हुनेछ।मार्केटमेकरकोरुपमा उनीहरुले भुमिका खेलेमा बजारको डरलाग्दो उतारचढावको खतरामा कमी आई स्थायित्व प्राप्त हुनेछ।

६. लगानीकर्ता पहिचान कार्ड बितरण प्रक्रिया अन्तिम चरणमा छ ।यसले पनि हाम्रो सुरक्षा प्रत्याभुति र बजारमा आउनेहरुको पहिचान गराई अझै बिस्वसनीय वातावरण तयार पार्नेछ।

७.अहिलेका सेयर दलालले राजधानीमा मात्र केन्द्रित नभई पचहत्तरै जिल्ला जान पाउने र उनीहरुको कार्यक्षेत्र बिस्तार हुनेनै छ।जिल्ला सदरमुकाममा मात्रै हैन संभावित सबै शहरहरुमा सेयर दलालको कार्यालय बिस्तार भएमा धेरै लगानीकर्ताको संख्या थपिने र सेबा सुबिधा सहजरुपमा लगानीकर्ताले पाउनेछन्।

८. क्लियरिडः बैंकको संख्या बृद्धिबाट छिटोछरितोरुपमा राफसाफ हुन गई हामी लगानीकर्ताहरुलाई नै सुबिधा पुग्नेछ।

९. बाणिज्य बैंक तथा अन्य बित्तीय संस्थाहरुको शाखा संजाल बृद्धि, लगानी बिस्तार र ठूला पुर्वाधार तथा जलबिद्युत आयोजनाहरुमा लगानी बढ्नु पनि लगानीकर्ताहरुलाई उत्साहित पार्ने कुरा हुन्।

१०. राष्ट्र बैंकको पूँजी बृद्धि योजना अहिले चालुरहेको अबस्थामा हरेक बाणिज्य बैंकले २०७४ असार मसान्तभित्र आठ अर्ब पुर्याउनैपर्छ । अरु बैंक तथा बित्तीय संस्थाहरुले पनि धमाधम पूँजी बृद्धि गरिरहेका छन्।लौअब पूँजी बढेपछि सबै कुरा सकियो भन्ने हैन, बल्ल प्रगतिको चरण सुरु भयो भन्ने हो ।बैंक तथा बित्तीय संख्याहरुले यसपछि पनि पूँजी बढाउँदै लगानी बिस्तार गर्दै जानुपर्ने कुरामा गभर्नरले संकेत गरिसकेका छन् । आठ अर्ब पछि सकिन्छ हैन, यो क्रम जारी नै रहन्छ।

११. २०७२,०७३ असार मसान्तको बित्तीय बिबरण हेर्दा २८ वटा बाणिज्य बैंकहरुले सबै क्षेत्रमा धेरै राम्रो प्रगति गरेका देखिन्छ । निक्षेपमा२१, कर्जा बिस्तारमा २७, खुदब्याज आम्दानीमा २५, संचालन नाफामा ६० प्रतिशत बृद्धि भएको समग्र अबस्थामा खुद नाफा ३६ प्रतिशतले बढ्नु भनेकोे धेरै उत्साह ल्याउने सूचकहरु हुन् ।चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तीय बिबरण पनि धेरै उत्साहित पार्ने खालका देखिएको छ र बाणिज्य बैंकहरु दीर्घकालीन लगानीका हिसाबले सुरक्षित र उपयुक्त क्षेत्र हुन भन्ने प्रष्ट भएको छ ।

१२. बोनस सेयर, नगद लाभांश बितरण, हकप्रद बितरण, एफपीओ जारी गर्ने प्रक्रिया र सूचिकरण सम्बन्धी झंझटहरु समाप्त भई सजिलो र छिटो लगानीकर्ताले प्राप्त गर्न सक्ने भएको छ, अझै सरलीकृत र ब्यवस्थित हुनेक्रम जारी नै छ।

१३ धितोपत्रबोर्डको निर्देशन पछि मर्जर एक्विजिशनमा गएका कम्पनीले प्रक्रिया पुरा गरेर संयुक्त बित्तीय कारोबार गर्दा नै सेयर कारोबार थाल्नुपर्ने भएको छ र यसबाट पनि हामीलाई अझै सहज भएको छ।

१४. बिमा कम्पनीहरुका लागि पूजी बृद्धि योजना अब चाँडै आउनेवाला छ ।बिमा समितिले यस माथि बिचार बिमर्श गरिरहेकाले चाँडै नै निर्णय आउला भन्ने बिस्वास जागेको छ ।बिमा समितिका अध्यक्ष डा. फत्तबहादुर केसीले पूँजी बृद्धिका लागि अर्थमन्त्रालय र अरु निकायको स्वीकृति लिनु नपर्ने र अर्थमन्त्रालय लगायत सबैको प्रतिनिधित्व रहेको बिमा समितिको बोर्डले नै गर्न सक्ने खुलासा गरेर यसमा आफुहरु गंभीर रहेको बताईसक्नुभएको छ।

१५. सुरुमा नेपालको सेयर बजारमा केही सिमित लगानीकर्ता थिए तर अहिले लाखौं पुगिसकेको अबस्था छ र निकट भबिष्यमै अरु कयौं थपिनेछन् । बजारमा जत्ति धेरै लगानीकर्ता थपिनेछन् बजारको आकार र स्थायित्वको आधार अरु मजबुत हुनेछ।

१६. नेपाल अल्पविकशित देशहरु (एलडीसी )को सदस्य र दुई बिशाल र आर्थिकरुपमा छिटो बिकशित हुँदै गरेका देशहरु चीन र भारतको बीचमा रहेकाले उनीहरुको संगतले यहाँको पनि बिकास छिटो हुने र अर्थतन्त्र बढ्ने निश्चित छ । अर्थतन्त्र फैलिदै गएपछि पूँजीबजार पनि निश्चित रुपमा बढ्छ।

१७. सार्क देशहरुको सेयर बजार सूचक हेर्ने हो भने धेरै देशको सेयर बजार नेपालको भन्दा बिकशित, आधुनिक र कयौंमाथि पुगि सकेको छ । बंगलादेश र श्रीलंकाकै उदाहरण हेर्नुहोस् उनीहरु कहाँ पुगिसके, हामी कहाँ छौ ? प्राबिधिक र आधारभुत कुराहरु बिश्लेषण गरेर भन्ने हो भने नेपालको सेयर बजार पनि निकट भबिष्यमै अत्याधुनिक हुने, अरु सबल हुने र धेरै माथि पुग्ने अर्थात् २५०० अंक कायम हुन पुग्ने निश्चित छ।

प्रकाशित मितिः २०७३ मंसिर २५

वि.सं.२०७३ मंसिर २५ शनिवार २२:१२ मा प्रकाशित

You can share this post!

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...