back
NMB ad

राष्ट्रिय अनुसन्धान विभागमा ७५ जनाका लागि जागिर खुल्यो

Kumari bank ad

काठमाण्डौं । नेपाल सरकारको गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायकको रिक्त रहेको ७५ पदमा जागिर खुलेको छ ।

आज सूचना प्रकाशित गर्दै राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत तहमा २७ जना र अनुसन्धान सहायकतर्फ ४८ जनाका लागि आवेदन माग गरेको हो ।

अनुसन्धान अधिकृतमध्ये खुल्लातर्फ १५ जना, आदिवासी जनजाति ३, मधेशी ४, महिला २, दलित २ र पिछडिएको क्षेत्रका लागि एउटा आरक्षण कोटा छुट्याएको छ । यसैगरी, अनुसन्धान सहायकतर्फ खुल्लामा २६, आदिवासी जनजाति ७, मधेशी ६, महिला ४, दलित ३ र पिछडिएको क्षेत्रका लागि २ पद खुला गरिएको छ ।

३० दिनभित्र दरखास्त दिन सकिने अधिकृत पदका लागि स्नातक तहको शिक्षा पूरा गरेको, पुरुषको हकमा २१ बर्ष पूरा भई २५ बर्ष ननाघेको तथा महिलाको हकमा २१ बर्ष पूरा भएको ३० बर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । यसैगरी, सहायकका लागि प्रमाणपत्र तह उत्तीर्ण गरेको, २१ बर्ष पूरा भई २५ बर्ष ननाघेको पुरुषले तथा २१ बर्ष पूरा भई ३० बर्ष ननाघेका महिलाले आवेदन दिन सक्नेछन् ।

माघ १८, २०७२/ ३.१५

वि.सं.२०७२ माघ १८ सोमवार १६:१९ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...