back
NMB ad

११० देशमा श्रम स्विकृति ६ देशसँग मात्र श्रम सम्झौताले कसरी हुन्छ बैदेशिक रोजगार व्यवस्थित ?

Kumari bank ad

काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहालले नेपालले १ सय १० देशमा नेपालीलाई जान श्रम स्विकृति दिएपनि जम्मा ६ देशसँग मात्र श्रम सम्झौता भएको भन्दै दुःख व्यक्त गरेका छन् । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ(काउन) द्धारा ६५ औं अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा आयोजित अन्तक्रियामा अध्यक्ष दाहालले सबैभन्दा पहिले १ सय १० देशसँग श्रम सम्झौता गरेर बैदेशिक रोजगारीमा जाने श्रमिकको व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिए । उनले बैदेशिक रोजगारका शिलशिलामा नेपालमा आधा समस्या रहेको र बिदेशमा आधा समस्या देखिएकाले त्यसलाई निराकरण गर्न सरकार लाग्नुपर्ने बताए । उनले ʽजहाँ मजदुर त्यहाँ ट्रेड युनियन काँग्रेसʼ भनेर आफुहरुले कार्य अगाडि बढाएको पनि बताए ।

कार्यक्रममा सांसद अशोक कोईरालाले जीटूजी अर्थात गभरमेन्ट टू गभरमेन्ट सम्झौता गरेर बैदेशिक रोजगारीलाई मर्यादित बनाईनुपर्ने धारणा राखे ।

त्यस्तै ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष गणेश निरौलाले कार्यपत्र प्रस्तुत गर्दै विश्वबजारका आप्रवासी श्रमिकका बारेमा प्रष्ट पारेका थिए । तथ्याँकअनुसार विश्वबजारमा २३ करोड आप्रवासीहरुको बसोबास रहेको र त्यसमध्ये कामको शिलशिलामा १५ करोड मानिस आप्रवासी श्रमिक बनेका छन् । त्यसमध्ये एसियाका मात्रै ५८ प्रतिशत श्रमिक रहेका छन् । उनले खाडी मुलुकमा रोजगारदाताले पासपोर्ट खोसेर राखिदिने कार्य र बन्धक पारिदिएर जस्तोसुकै कार्य गर्न लगाउने अवस्था आईएलओ महासन्धीको विपरित रहेको र यस सम्बन्धमा ससक्त आवाज उठाउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका बरिष्ठ उपाध्यक्ष, रामजी कुँबर, महिला उपाध्यक्ष रमा पौडेल र अन्य उपाध्यक्षहरु, महासचिव, नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ(काउन)का महिला उपाध्यक्ष, रविता कार्की, महासचिव, प्रदिप आचार्य लगायत सहभागीहरुले विदेशमा एउटै कोठामा ४० जनासम्म दुःखद अवस्थामा बस्नुपरेको लगायत विषयलाई सरकारले गम्भिररुपमा लिनुपर्ने बताएका थिए । उनीहरुले सरकारले एउटा ट्रेनिङ सेन्टर खोलेर ट्रेनिङ दिएर दक्ष बनाएर मात्र बैदेशिक रोजगारीमा पठाउनुपर्ने भनाई राखेका थिए । त्यस्तै रेमिट्यान्सको रकमलाई राष्ट्रिय अर्थतन्त्र(हाइड्रो, उद्योग वा अन्य उत्पादनमुलक क्षेत्र) सँग जोडेर उनीहरुलाई नेपालमै रोजगारीको ग्यारेन्टी दिने खालका कार्यक्रमहरु बनाईनुपर्नेमा सहभागीहरुको जोड रहेको थियो । हाल पछिल्लो तीन महिनामा बैदेशिक रोजगारीबाट अढाई खर्ब रकम भित्रिएको तथ्याँक पेस गर्दै उनीहरुले यस्तै रहे नेपालको बजेट रकम नै रेमिट्यान्सबाट भित्रिने र त्यसको सदुपयोगमा लाग्नुपर्ने बताए ।
अहिले नेपाली बजारमा प्रतिवर्ष साँढे ४ देखि ५ लाख मानिसहरु श्रम बजारमा आईरहेका छन् । करिब ५० हजारले मात्र स्वदेशमा रोजगारी पाईरहेको अवस्था छ । बाँकी सबै बाहिरिनुपर्ने बाध्यता छ । यसलाई पनि समयमै विचार पुर्याउनुपर्ने देखिन्छ । बैदेशिक रोजगार विभागको तथ्याँक हेर्ने हो भने मात्रै पनि आ.व. २०५१÷२०५२ देखि २०७२÷ २०७३ सम्ममा ४३ लाख ७८ हजार ६५६ वटा श्रम स्वीकृति जारी भई मानिसहरु बैदेशिक रोजगारीमा गएका छन् ।

प्रकाशित मितिः २०७३ पुस ३

वि.सं.२०७३ पुस ३ आइतवार १७:२२ मा प्रकाशित

You can share this post!

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:०८

रामबहादुर थापा गण्डकी, ७ वैशाखः पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा...