काठमाडौ । प्रचण्डमान श्रेष्ठद्वारा निर्देशित फिल्म लभ सासा को ट्रेलर सार्वजनिक गरिएको छ ।
हेर्न यो लिंक खोल्नुहोस्, ट्रेलर भिडियो लभ सासा
जसलाई निर्माण गरेका छन् माधव वाग्लेले। साढे दुई मिनेट भन्दा लामो ट्रेलरमा केकी अधिकारी र कर्मा शाक्य प्रमुख भुमिकामा छन् ।
निर्देशक स्वंयमको लेखनमा रहेको उक्त फिल्ममा केकी र कर्मा सँगै शिवानी चालिसे, रश्मी भट्ट, विकास जोशी र असिफ शाहको पनि अभिनय रहेको छ । फिल्मलाई पौष २८ गतेदेखि अल नेपाल प्रदर्शनमा ल्याउने तयारी छ । फिल्ममा अभिनेत्री केकी अधिकारी र अभिनेता कर्म शाक्य पनि निर्माताको रूपमा छन् ।
प्रकाशित मितिः २०७३ पुस ७
वि.सं.२०७३ पुस ७ बिहीवार १५:५२ मा प्रकाशित