काठमाण्डौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले आज आइतबारबाट बोनस सेयरको प्रमाणपत्र दिन थालेको हो । कात्तिक ८ गतेसम्म सेयर प्रमाणपत्र डिम्याट गराइसकेका लगानीकर्ताले भने डिम्याट खातामा नै सेयर पाउने भएका छन् ।
डिम्याट खाता हुने सबैलाई पुस मसान्तसम्म खातामा नै पठाइसक्ने कम्पनीले जानकारी दिएको छ । डिम्याट खाता नहुनेले भने बोनस सेयर प्रमाणपत्र पाएका हुन् । यसरी सेयर प्रमाणपत्र लिन जाँदा नागरिकता र फोटो अनिवार्य ल्याउनुपर्ने कम्पनीले जनाएकोछ । साथै, सेयरधनी आफैं उपस्थित हुन नसकेमा मन्जुरीनामा दिएर पठाउनुपर्नेछ । बोनस सेयर लिन कम्पनीको प्रधान कार्यालय ट्रेड टावर थापाथलीमा जानुपर्नेछ ।
२४ पुस २०७३, १२।००
वि.सं.२०७३ पुस २४ आइतवार १३:०४ मा प्रकाशित