back
NMB ad

दुई कम्पनीको करिब दुई लाख कित्ता सेयर माघको दोस्रो हप्तादेखि बोलकबोल बिक्रीमा

Kumari bank ad

काठमाण्डौं । दुई कम्पनीले आफ्नो सेयर माघको दोस्रो हप्तादेखि बोलकबोलबाट बिक्री गर्ने भएका छन् । दुबै कम्पनीले आफ्नो जारी भएको हकप्रद सेयरबाट बिक्री हुन नसकेको सेयर बोलकबोलबाट बिक्री गर्न लागेका हुन् । यसरी सेयर बिक्री गर्नेमा सिद्धार्थ बैंक र अरनिको डेभलमेण्ट बैंक रहेका छन् ।

सिद्धार्थ बैंक लिमिटेडले एक लाख ५८ हजार पाँच सय १७ कित्ता सेयर माघ ११ गतेदेखि लिलामी बिक्री खुला गर्ने भएको छ । बोलकबोल माघ १७ गते कार्यालय समयसम्म गर्न सकिनेछ भने माघ १८ गते दिउँसो ३ बजे सिद्धार्थ क्यापिटलमा बोलकबोल खोलिने बिक्री प्रबन्धकले जनाएको छ ।

बैंकले सर्वसाधारण समूहतर्फको हकप्रद निष्कासन गर्दा पुरै सेयर बिक्री नभएपछि बोलकबोल मार्फत बिक्री गर्न लागेको हो । बैंकले गत कात्तिक ११ गते देखि मंसिर १५ गतेसम्म हकप्रद सेयर बिक्री गरेको थियो ।

बोलकबोल आवेदन फारम बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल अनामनगरका साथै सिद्धार्थ बैंकको केन्द्रीय कार्यालय हात्तिसारबाट समेत प्राप्त गर्न र बुझाउन सक्नेछन् । बोलकबोलबाट सेयर किन्न ईच्छुक लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ अंकित गरि सोभन्दा धेरै मुल्य तोकेर बोलपत्र फारम बुझाउन सक्नेछन् ।

बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ३५ करोड ९६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी बार्षिक ४७ रुपैयाँ ६१ पैसा कायम गरेको छ ।

त्यस्तै, अरनिको डेभलपमेन्ट बैंकले ५१ हजार ९० कित्ता साधारण सेयर र ४३ हजार सात सय ५९ कित्ता संस्थापक सेयर माघ १० गतेदेखि सर्बसाधरणहरुलाई बोलकबोलबाट बेच्ने भएको छ ।

बैंकले कातिक ८ गतेदेखि ३६ प्रतिशत हकप्रद जारी गरेको थियो । बैंकले जारी गरेको हकप्रदमा नबिकेको सेयर बोलकबोलमा बेच्न लागेको हो । बोलकबोल आवेदन सिद्धार्थ क्यापिटल अनामनगर र अरनिको डेभलपमेन्ट बैंक धुलिखेलबाट माघ २४ गते सम्म कार्यालय समयभित्र बुझाउन सक्नेछन् ।

बोलकबोल माघ २५ गते तीन बजे बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा खोलिने छ ।बोलकबोल गर्न ईच्छुक लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन गर्न सक्नेछन् । बोलकबोल गर्नेले एक सय रुपैंयाँ भन्दा धरै मुल्य अंकित गरेर आवेदन दिन सक्नेछन् ।

बैंकको सेयर अन्तिम पटक असोज ३० गते नेप्सेमा तीन सय ७० रुपैंयाँमा कारोबार भएको थियो । सेञ्चुरी कर्मसियल बैंकसँग एक्वीजीसनमा गएको बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको अवधिमा ८१ लाख ७२ हजार खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १२.६८ रुपैंयाँ कायम गरेको छ ।

२६ पुस २०७३,  ११।००

वि.सं.२०७३ पुस २६ मंगलवार ११:५९ मा प्रकाशित

You can share this post!

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...