back
NMB ad

सेयरधनीलाई साँढे २० प्रतिशत बोनसको यो अर्काे अवसर !

Kumari bank ad

फेवा विकास बैंक लिमिटेडका सेयरधनीले २०.६ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको हालै सम्पन्न नवौ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको कमाईबाट सो अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकका अध्यक्ष बिन्दुकुमार थापाको अध्यक्षतामा बसेको साधारणसभाले अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७२र७३ वार्षिक प्रतिवेदन, सोही अवधिको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह पनि पारित गरेको छ ।

उक्त साधारण सभाले फेवा विकास बैंक लिमिटेड तथा गण्डकी विकास बैंक लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने(मर्ज गर्ने) सम्वन्धी विशेष प्रस्तावलाई समेत सर्वसम्मत रुपमा पारित गरेको छ । सभाले बैंकको केन्द्रिय कार्यालय नेपाल राष्ट्र बैंकको स्वीकृती लिई काठमाडौं महानगरपालिमा स्थान्तरण गर्ने एवं मर्जर पश्चात कायम हुने चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

साधारणसभाबाट पारित भएको बोनस वितरणपश्चात फेवाको चुक्तापुँजी एक अर्ब १९ करोड ९९ लाख सत्तरी हजार रुपैयाँ पुग्ने छ । त्यस्तै, फेवासँग मर्जरमा जान लागेको गण्डकी विकास बैंकको चुक्ता पुँजी ५३ करोड ८५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा १३ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको गण्डकीले १९.५७ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बोनस सेयर वितरणपश्चात् बैंकको चुक्तापुँजी ६४ करोड ३८ लाख रुपैयाँ पुग्नेछ । दुबै संस्था मर्जरमा गएपछि बन्ने एकीकृत संस्थाको चुक्तापुँजी एक अर्ब ८४ करोड रुपैयाँ, पूँजीकोष २ अर्व ४७ करोड, कुल निक्षेप १७ अर्व ६८ करोड, कर्जा सापट १५ अर्व ४० करोड र मुलुकभर कुल ५० वटा शाखा कार्यालय पुग्नेछन् ।

मर्जरपछि कायम चुक्तापुँजीबाट २५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी दुई अर्ब ३० करोड रुपैयाँ पुग्नेछ । फेवाले आगामी असार मसान्तसम्ममा दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।

प्रकाशित मितिः २०७३ माघ २

वि.सं.२०७३ माघ २ आइतवार १५:१३ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...