back
NMB ad

विद्युत चोरीको केसमा नेपाल बिद्युत् प्राधिकरणका १६ जना पक्राउ

Kumari bank ad

काठमाडौ । विद्युत चोरीमा संलग्न नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा मिटर बिगार्ने, उल्टो घुमाएर रकम कम उठेको देखाइ थोरै रकम तिराउनेजस्ता कार्यमा संलग्न प्राधिकरणका ११ जना कर्मचारीसहित १६ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने बहालवाला कर्मचारीमा नेपाल विद्युत् प्राधिकरण, बालाजु शाखाका सुपरभाइजर सुमन श्रेष्ठ, बानेश्वर शाखाका इलेक्ट्रिसियन अच्यूत खड्का, नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्कका वरिष्ठ सहायक दिलबहादुर साउद, सोही निर्देशनालयका मिटर रिडर ओम ढुङ्गाना, श्याम बस्नेत, प्रदिप शर्मा, ठाकुर महर्जन, मनिज श्रेष्ठ, लगनखेल शाखाका मिटर रिडर सूर्यबहादुर थापा र हेटौँडा वितरण केन्द्रका मिटर रिडर महादेव प्रधान रहेका छन् ।

पक्राउ पर्ने पूर्वकर्मचारीमा नेपाल विद्युत् प्राधिकरण, भक्तपुरका पूर्व सुपरभाइजर भगवान् पाण्डे, प्राधिकरणका पूर्वमेन्टिनेन्स कर्मचारी टहलबहादुर कार्की रहेका छन् ।

यसैगरी, मञ्जुश्री खानेपानीका सञ्चालक गोकर्णेश्वर नगरपालिकाका कुमार लामा, हाउडा जिल्ला उदयनारायणपुर थाना, भारत घर भई गौशालामा मिठाइ पसल सञ्चालन गर्दै आएका तपन घोस, मोतिहारी जिल्ला, पूर्वी चम्पारण भारत घर भई नक्सालमा कपास फ्याक्ट्रि सञ्चालन गर्दै आएका परवेज आलम र मोरङ, कोशीहरैचा घर भई रामेश्वर मिठाइ पसल सञ्चालक रमेश चूँडाललाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तो कार्यमा ठूलै गिरोह संलग्न रहेको खुलेको बताउँदै अन्य व्यक्तिसमेत पक्राउ गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । ती कर्मचारीले नेपाल विद्युत् प्राधिकरणका बिल रिडरले उद्योग कलकारखाना तथा व्यक्ति विशेषका घरमा गई मिटरमा उठेको रकमभन्दा कम अङ्कको बिल बनाई मिटर रिडर र ग्राहक मिल्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्राधिकरणको बहालवाला र पूर्वटेक्निसियन तथा सुपरभाइजरले मिटर बक्सको सिल काटी मिटरमा उठेको अङ्कलाई बिल बराबरको अङ्क उल्टोबाट घुमाई मिलाउने गरेको, अङ्क मिलाएपश्चात् सिल वायर, सिल गोटीको प्रयोग गरी मिटरमा आफैँले सिल लगाउँदै आएका थिए ।

मिटरको सिल खोल्न र बन्द गर्न प्रयोग हुने उपकरण सिल वायर, सिल गोटी, हुक, कटिङ पिलास, नोजल पिलास, पेन्चिस, चक्कु, मार्तोल, टेप तथा टर्चलाइट टेक्निसियन स्वयम्ले साथमै गैरकानुनीरुपमा राख्ने गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले प्रत्येक दिन २० देखि २५ स्थानमा उक्त कार्य गर्दै आएको, विगत १२ वर्षदेखि विद्युत् चुहावट गरी ठगी गर्ने कार्यमा संलग्न हुँदै आएको, मिटर रिडरले मिटर रिड गरेपछि मिटरमा उल्लेखित युनिटभन्दा कम युनिटको बिल बनाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

चार÷पाँच महिनासम्म कम युनिटको बिल बनाएपछि ग्राहकले टेक्निसियन कर्मचारी बोलाएर मिटरको युनिट अङ्क घटाउन लगाउने गरेको, टेक्निसियनका कर्मचारीले मिटर बक्सलाई उनीहरुकै घरमा समेत लगेर मिलाइ पुनःजडान गर्ने गरेका थिए ।

मिलाएको युनिटको आधा रकम ग्राहकले र आधा रकम मिटर रिडर, टेक्निसियन कर्मचारी तथा पुरानो मिटर रिडरलेसमेत बाँडफाँड गरी लिने गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरुले बढी विद्युत् खपत हुने उद्योग, कलकारखाना तथा व्यक्ति विशेषका घरमा यस्तो कार्य गर्दै आएको खुलेको छ ।

प्रकाशित मितिः २०७३ माघ ९

वि.सं.२०७३ माघ ९ आइतवार १७:०४ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...