काठमाण्डौं । साल्ट ट्रेडिङ कर्पोरेसनले २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनी सञ्चालक समितिले २० प्रतिशत बोनश सेयर र पाँच प्रतिशत नगद लाभान्स दिने जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गराएको हो।
कर्पोरेसनको नेप्सेमा आठ लाख १६ हजार आठ सय ९४ कित्ता सेयर सुचिकृत छन्। ५३ वर्ष लामो इतिहाश बोकेको कम्पनीमा ८९ प्रतिशत प्रबर्दक र २१ प्रतिशत सर्बसाधारणको लगानी रहेको छ।
कम्पनीको पछिल्लो कारोबार प्रति कित्ता २३९ रुपैयाँमा भएको थियो। मंगलबारको मार्केट डेप्थमा साल्ट ट्रेडिङको २४ हजार कित्ता सेयर खरिदका लागि लगानीकर्ताले आदेश दिएका छन्।
१८ माघ २०७३, १।००
वि.सं.२०७३ माघ १८ मंगलवार १३:५३ मा प्रकाशित