काठमाण्डौं । बुधवार स्थानीय बजारमा सुनको भाउ फेरि उकालो लागेको छ । हिजोबाट लगातार बढ्न थालेको सुन आज प्रतितोला २ सयले बढ्न पुगेको हो । भाउ बढेपछि आज सुन प्रति तोला ५५ हजार १ सयमा कारोवार भइरहेकोछ ।
त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधवार चाँदी तोलाको ८ सय १० मा किनबेच भइरहेकोछ ।
१९ माघ २०७३, ११।००
वि.सं.२०७३ माघ १९ बुधवार ११:४५ मा प्रकाशित