back
NMB ad

के तपाईले सेयर कारोबार गर्दा यी कुरामा विचार पुर्याउनु भएकोछ ?

Kumari bank ad

काठमाण्डौं । सेयर लगानी गर्दा नाफा, निष्क्रिय कर्जा र पुँजी बाहेक अन्य सुचकहरु पनि नियाल्नु पर्ने हुन्छ । पिई रेसियो, पीबी रेसियो एवं प्रतिसेयर आम्दानी पनि लगानी गर्नुपूर्व नियाल्नुपर्ने महत्वपूर्ण वित्तीय सूचक हो ।

अर्थशास्त्रीहरुका अनुसार पिई रेसियो ५ भन्दा तल हुँदा लगानी गर्न राम्रो मानिन्छ । पिई रेसियो १० सम्म आकर्षक मानिन्छ भने १० देखि १५ सम्म मध्यम मानिन्छ । १५ देखि २० प्रतिशत लगानीयुक्त मानिन्छ भने २० भन्दा माथि जोखिमयुक्त मानिन्छ ।

बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरी पिई रेसियो निकाल्न सकिन्छ । सेयरको बजार मूल्य र प्रतिसेयर आम्दानी उच्च भएका बैंक तथा वित्तीय संस्था भन्दा सेयर मूल्य कम तर प्रतिसेयर आम्दानी भने उच्च भएका बैंकहरुमा लगानी गर्न उपयुक्त हुन्छ ।

त्यस्तै, पिबी रेसियो ५ भन्दा तल भएका कम्पनीमा सेयर लगानी गर्न निकै राम्रो हुन्छ । तर लगानी गर्दा पीबी र पीई रेसियो मात्रै नभई संस्थाको पर्फमेन्स र इक्वीटीको ‘ब्लुचिप’ पनि हेर्नुपर्दछ । कम्पनीको कार्यप्रदर्शन, वृद्धिदर, कम्पनीको प्रतिष्ठाजस्ता कुराहरु पनि लगानीका महत्वपुर्ण आधारहरु हुन् ।

यसका साथसाथै लगानी गर्दा वित्तीय सूचकमध्ये प्रतिसेयर आम्दानी के कस्तो छ भनेर पनि हेर्न जरुरी हुन्छ । प्रतिकित्ता सेयर आम्दानी उच्च भएका बैंकमा लगानी गर्न उपयुक्त हुने विज्ञ बताउँछन्। कुल नाफालाई जारी भएको सेयर संख्याले भाग गर्दा प्रतिसेयर आम्दानी निस्कने गर्छ ।

१९ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ १९ बुधवार १३:३५ मा प्रकाशित

You can share this post!

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:२६

काठमाडौँ : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई...

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०६

कास्की : गण्डकी प्रदेश सरकारले आज  वैशाख ४ गते प्रदेशभर...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०१

काठमाडौँ : पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...