काठमाण्डौं । आज आइतबार नेप्से परिसूचक १७.९५ अंकको गिरावटसँगै १३६४.५० अंकमा पुगेर रोकिएकोछ । बजार खुल्ने बित्तिकै घट्ने क्रम जारी रहेको सेयर बजार बीचमा सम्हालिएको थियो ।
होटल बाहेक सबै सेयर सूचक रातो भएपछि आज सेयर परिसूचक घट्न पुगेको हो । आज १२२ कम्पनीको २६ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ ।
२३ माघ २०७३, २।००
वि.सं.२०७३ माघ २३ आइतवार १५:३९ मा प्रकाशित