back
NMB ad

बिग्रिएको टेलिफोन सेटबाट बन्दैछ ओलम्पिक विजेताको पदक

Kumari bank ad

टोकियो । सन् २०२० मा टोकियोमा आयोजना हुने ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको विजेता खेलाडीलाई दिइने पदक बिग्रिएका मोबाइल फोनलाई प्रशोधन गरी बनाइने भएको छ । खेलकुदलाई वातावरणमैत्री बनाउन ओलम्पिक आयोजकले पुराना मोबाइल फोन प्रशोधन गरी स्वर्ण, रजत र कांस्यपदक बनाउन लागेका हुन् ।

ओलम्पिक आयोजकहरूले अनावश्यक इलेक्ट्रिक डिभाइसबाट पदकका लागि धातु निकाल्ने तयारी थालेका छन् । यसका लागि ओलम्पिक आयोजकले जापानी नागरिकलाई पुराना मोबाइल फोनलगायत अनावश्यक इलेक्ट्रिक डिभाइस उपलब्ध गराउन आग्रह गरेका छन् । गृष्मकालीन टोकियो ओलम्पिक र पारा ओलम्पिकका लागि करिब पाँच हजार पदक आवश्यक पर्ने बताइएको छ । यी पदक निर्माणका लागि ४० किलो सुन, चार हजार नौ सय २० किलो चाँदी र दुई हजार नौ सय ४४ किलो अन्य धातु आवश्यक पर्ने अनुमान गरिएको छ ।

पाँच हजार थान पदक तयार पार्न दुई हजार टनभन्दा बढी कच्चा पदार्थ लाग्ने अनुमान आयोजकको छ । कच्चा पदार्थ संकलनका लागि जापानको सबैभन्दा ठूलो मोबाइल कम्पनी डोकोमोका दुई हजार चार सय स्टोरमा पुराना मोबाइललगायत इलेक्ट्रिक डिभाइस संकलन बाकस राखिने भएको छ । मोबाइल स्टोरमा फेब्रुअरीदेखि बाकस राखिनुका साथै देशभरका सरकारी कार्यालयबाट पनि धातु संकलन गरिने बताइएको छ ।

विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकमा जापानका सबै नागरिकलाई प्रत्यक्ष रूपमा सहभागी गराउन र राष्ट्रप्रतिको दायित्वबोध गराउन पनि यस्तो कार्यक्रम सुरु गरिएको ओलम्पिक आयोजकले जनाएको छ । रियो ओलम्पिकका स्वर्णपदकधारी जिम्न्यास्टिक खेलाडी कोहई उचिमुरा ओलम्पिक आयोजकले सुरु गरेको अभियानले नयाँ पिँढीलाई सकारात्मक सन्देश दिने बताउँछन् ।

‘यो अभियानका लागि कम्प्युटर र मोबाइल फोन उपयोगी हुन्छन्’, उचिमुराले भने, ‘यसले एकातिर त्यत्तिकै खेर गइरहेका वस्तुको उपयोग हुन्छ भने अर्कोतिर नयाँ मोडलका आधुनिक उपकरण निर्माणमा पनि सहयोग पुग्छ ।’ टोकियो ओलम्पिकको पदकले त्यत्तिकै खेर गइरहेको वस्तुको पनि उपयोग हुन सक्छ भन्ने सोचाइलाई स्थापित गर्ने विश्वास लिइएको छ ।

२६ माघ २०७३, एजेन्सी, ११।००

वि.सं.२०७३ माघ २६ बुधवार १३:०३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...