back
NMB ad

इन्स्यारेन्सको एफपिओ किन्नुभो ? पाउँदै हुनुहुन्छ ३० प्रतिशत बोनस

Kumari bank ad

काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कर सहित ३०.०८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । तर, गत महिना कम्पनीले जारी गरेको एफपीओलाई समेत बोनस प्रदान गरिने हुँदा यो अनुपात घट्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफले गतबर्षको कमाईबाट ६१ करोड ९२ लाख ८५ हजार ७२५ रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि ३ करोड २५ लाख ९३ हजार ९८६ रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांस वितरण गर्ने जनाएको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांस केही समय अगाडी बिक्री गरेको थप नयाँ साधारण सेयर अर्थात एफपीओलाई पनि प्रदान गर्नेछ । एफपीओलाई बोनस दिदा बोनस अनुपात घटेर २६.३१ प्रतिशत कायम हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफले चार अर्ब ४१ करोड रुपैयाँ बराबरको ३० लाख ९६ हजार ४९९ कित्ता एफपिओ जारी गरेको थियो । पुस २७ गते बाट आवेदन खुलेको कम्पनीको एफपीओमा दुई लाख ४८ हजार ५० आवेदकबाट कूल ५१ अर्ब ८८ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो ।

कम्पनीले प्रस्ताव गरेको लाभांस बिमा समितको स्वीकृति पश्चात आगामी साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्तालाई वितरण हुनेछ ।

२७ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ २७ बिहीवार ११:४९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...