back
NMB ad

औषधी उद्योगबारे तीन दिने एक्स्पो हुँदै, निःशुल्क दन्त सेवा उपलब्ध हुने

Kumari bank ad

काठमाण्डौं । नेपाल औषधी उत्पादक संघ (एपोन)ले फागुन २० देखि तीन दिने पाचौँ फर्मा एक्स्पो आयोजना गर्ने भएको छ। उपभोक्ता, लगानीकर्ता र सरकारी निकायलाई औषधी उद्योगको विकास तथा अनुसन्धानबारे जानकारी दिन एक्स्पो आयोजना गर्न लागेको संघले जनाएको छ।

संघका अध्यक्ष शंकर घिमिरेका अनुसार ‘गुणस्तरीयताबाट आत्मर्निभरता तर्फ’ नारा साथ सुरु हुने एक्स्पोमा नेपाली र भारतीय औषधी तथा औषधीसँग सम्बन्धित कम्पनीको स्टल रहनेछन्। १०० स्टल मध्ये ६० प्रतिशत भारतीय कम्पनीको रहने जनाइएको छ।

संघले गत वर्ष भूकम्प र नाकाबन्दीका कारण एक्स्पो आयोजना गर्न सकेको थिएन। यो वर्ष एक्स्पोको दोस्रो दिन चिकित्सक दिवस समेत परेको हुँदा चिकित्सा विशेष कार्यक्रम आयोजना गर्ने अध्यक्ष घिमिरेले जानकारी दिए।संघका महासचिव तथा एक्स्पोका संयोजक दिपक प्रधानले प्रदर्शनीबाट अन्तर्राष्ट्रिय उद्योग, उपकरण, प्रविधि, उत्पादन र बजार व्यवस्थापन बुझ्ने अवसर प्राप्त हुने बताए।

प्रदर्शनीमा रक्तदान तथा निःशुल्क दन्त शिविर पनि हुने संघका कोषाध्यक्ष तथा एक्स्पो प्रवक्ता प्रज्वलजंग पाण्डेले जानकारी दिए। ५० हजार बढीले एक्स्पो अवलोकन गर्ने संघको अनुमान छ।

१ फागुन २०७३, १।००

वि.सं.२०७३ फागुन १ आइतवार १४:२९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...