back
NMB ad

बिनाधितो, निर्ब्याजी ऋण लिने हो ? त्यसोभए यो पढ्नुहोस् !

Kumari bank ad

काठमाडौ। राष्ट्रिय युवा परिषद्ले ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा १० जना गरी मुलुकभर २४ हजार युवालाई बिनाधितो ऋण प्रदान गर्ने तयारी गरेको छ । मानव विकास तथा जागरण मञ्चले आयोजना गरेको ‘नेपालको संविधान र युवा महिलाहरुको हक अधिकार’ विषयक कार्यशालामा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले परिषद्ले यसका लागि कार्यविधि तयार भएका युवासँग आवेदन मागेको जानकारी दिए ।

परिषद्ले प्रतिनिर्वाचन क्षेत्रबाट पहिलो चरणमा एक वडामा १० युवालाई रु पाँच लाखको निर्ब्याजी ऋण उपलब्ध गराउनेछ । त्यसमा ५० प्रतिशत महिला पर्नेछन् । सो ऋण प्रतिवर्ष १० प्रतिशतका दरले सरकारलाई ऋण चुक्ता गर्नुपर्नेछ । कम्तीमा कक्षा ८ उत्तीर्ण युवाले कानुन बमोजिम समूह बनाएर व्यावसायिक परियोजना प्रस्ताव पेस गर्नुपर्नेछ ।

उपाध्यक्ष ढुङ्गेलले योे कार्यक्रम सफल भएमा नेपालमा समृद्धिको यात्रा आरम्भ हुने बताए । युवा महिलाका लागि गरिनुपर्ने कार्यबारे राष्ट्रिय महिला आयोगका पूर्व सदस्य धनकुमारी सुनारले कार्यपत्र प्रस्तुत गर्दै युवा रोजगारी र सामाजिक सुधारका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट साझा पहल हुनुपर्ने बताइन् ।

नेकपा (एमाले) का सांसद रामेश्वर फुयाँलले मुलुकलाई आत्मनिर्भर बनाउन स्वरोजगारमा लगाउनु आवश्यक भएको बताए । नेकपा (एमाले)का सांसद कलशादेवी महराले युवाका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने निकायबीच समन्वयको खाँचो औँल्याइन् । मञ्चका अध्यक्ष विनिता पन्तले कार्यशालाबाट जारी गरिएका घोषणापत्र कार्यान्वयनका लागि परिषद्मा हस्तान्तरण गरिने जानकारी दिइन् ।

प्रकाशित मितिः २०७३ फागुन २

वि.सं.२०७३ फागुन २ सोमवार १६:३० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...