back
NMB ad

नेप्सेमा ‘क’ वर्गका कम्पनीको संख्या घट्यो,जम्मा १०७ कम्पनी सूचिकृत,हेर्नुहोस् कुन कुन ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १०७ वटा कम्पनीहरु सूचिकृत भएका छन् । गत आर्थिक वर्षमा ‘क’ वर्गमा १३१ कम्पनीहरु सूचिकृत भएका थिए भने यो साल २७ वटा कम्पनी घटेर जम्मा १०७ कम्पनीहरु सूचिकृत भएका छन् ।

नेप्सेले जारी गरेको विज्ञप्ति अनुसार वाणिज्य बैंक समूहबाट २६, विकास बैंक समूहबाट ४५, बीमा समूहबाट १७, वित्त समूहबाट १४, जलविद्युत समूहबार ३, होटल र अन्य समूहबाट एक एक वटा कम्पनी गरि जम्मा १०६ वटा कम्पनी सूचिकृत भएका छन् ।

धितोेपत्र सूचिकरण विनियमावली, २०५३ को विनियम १४ को उपविनियम (२) ले व्यवस्था गरेको शर्तहरु पूरा गर्ने कम्पनीहरुलाई नेपाल स्टक एक्सचेञ्जले ‘क’ वर्गमा सुचिकृत गर्दै आएको छ । शर्त अनुसार चुक्ता पूँजी कम्तिमा २ करोड रुपैयाँ भएको, साधारण सेयरधनीहरुको संख्या कम्तिमा १००० भएको, कम्तिमा तीन वर्ष देखि लगातार मुनाफामा रहेको, सेयरको किताबी मुल्य चुक्ता मुल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको छ महिना भित्र उक्त आर्थिक वर्षको कारोबार तथा आय–व्यय विवरण पेश गरेको हुनुपर्ने नेप्सेले जनाएको छ ।

हेर्नुहोस् नेप्सेको विज्ञप्ति

प्रकाशित मितिः २०७३ फागुन ३

वि.सं.२०७३ फागुन ३ मंगलवार १४:२५ मा प्रकाशित

You can share this post!

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४७

काठमाडौँ, ४ वैशाखः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय...

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन   

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४२

काठमाडौँ, ४ वैशाखः संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस हुनुभएका तोयम...

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:२९

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको...

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...