back
NMB ad

कृषि विकास बैंकको मासिक ब्याज पाईने “बिशेष मुद्धती निक्षेप योजना”

Kumari bank ad

काठमाडौ । कृषि बिकास बैंक लिमिटेडले “बिशेष मुद्धती निक्षेप योजना” नामको नयाँ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको हितलाई ध्यानमा राखेर बार्षिक १२ प्रतिशत व्याज मासिक रुपमा उपलब्ध गराउने गरि यो योजना ल्याएको हो ।

प्रतिस्पर्धी बैंक तथा वित्तीय संस्थाहरुले हरेक वर्गका ग्राहकहरुलाई लक्षित गरी आकर्षक ब्याजमा आधारित निक्षेप सुविधा उपलब्ध गराउँदै आएको परिप्रेक्षमा आफूहरुले पनि आकर्षक निक्षेपको नयाँ सेवा सञ्चालन गरी सुविधा उपलब्ध गराउने निर्णय गरेको बैंकले जनाएको छ । “बिशेष मुद्धती निक्षेप योजना”को अबधि एक बर्ष रहेको छ । यस योजनामा व्यक्तिगत ग्राहक मात्र सहभागि हुन पाउने समेत बैंकले स्पष्ट पारेको छ । न्यूनतम तीन लाख मौज्दात राखिएको यस योजनामार्फत सर्वसाधारणको अंश बृद्धि हुने, ग्राहक पहुँच बढने र तरलता ब्यवस्थापनमा समेत सहज हुने विश्वास बैंकले दिएको छ ।

सरकारी स्वामित्वमा रहेको र बृहत शाखा सञ्जाल भएको नेपालको एक मात्र बैंक कृषि बिकास बैंकले बार्षिक १२ प्रतिशत व्याज मासिक रुपमा उपलब्ध गराउने गरि सञ्चालन गरेको “बिशेष मुद्धती निक्षेप योजना”बाट बजारमा तरंग नै उत्पन्न भएको छ । यसबाट प्रत्यक्ष रुपमा सर्बसाधारण न्यून पुँजी भएका ब्यक्तिहरु लाभान्वित हुने अनुमान गरिएको छ ।

प्रकाशित मितिः २०७३ फागुन ५

वि.सं.२०७३ फागुन ५ बिहीवार १६:२२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...