काठमाण्डौं । मिसन डेभलपमेण्ट बैंकले धितोपत्र बोर्डको स्वीकृति पाए लगत्तै हकप्रद निष्काशनका लागि बुकक्लोज गर्ने भएको छ । यसका लागि बैंकले फागुन २३ गते सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ ।
गत फागुन ३० गते साधारण सभाबाट हकप्रदको प्रस्ताव पारित गराएको बैंकले हकप्रद निष्काशनको मिति भने निर्धारण गरेको छैन । बैंकको शतप्रतिशत हकप्रद सुरक्षित गर्न चाहने लगानीकर्ताले फागुन २२ गतेसम्म बैंकको सेयर किन्नुपर्ने हुन्छ । २३ गते आउने समायोजित मूल्यमा सेयर किन्नेले हकप्रदमा आवेदन गर्न पाउने छैनन् ।
रुपन्देहीको बुटवलमा प्रधान कार्यलय रहेको बैंकको सेयर विक्री प्रबन्धक भिबोर क्यापिटल रहेको छ । बैंकले १९ करोड ४९ लाख रुपैँया चुक्तापूँजी बराबरको १९ लाख ४९ हजार दुई सय ५० कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ३८ करोड ९८ लाख रुपैँया पुग्नेछ ।
बैंकले यहि फागुन ८ गते आईतबार धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको स्वीकृति पाएको हो । बैंकले चालु आर्थिक बर्षको अर्धबार्षिक अवधिमा तीन करोड ६६ लाख रुपैयाँ खुद नाफा गरी प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ६१ पैसा कायम गरेको छ ।
१३ फागुन २०७३, ११।००
वि.सं.२०७३ फागुन १३ शुक्रवार ११:११ मा प्रकाशित