काठमाण्डौं । नेपाल लाईफले इन्स्योरेन्सले चैत १४ गते १७ औं बार्षिक साधारणसभा डाकेको छ । यही साधारणसभामा कम्पनीले एफपीओ भर्नेले समेत पाउने गरि २५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांशको प्रस्ताव सभामा लैजादैँछ ।
कम्पनीले गतबर्षको कमाईबाट ६१ करोड ९२ लाख ८५ हजार ७२५ रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि ३ करोड २५ लाख ९३ हजार ९८६ रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांस वितरण गर्ने भएको हो ।
एफपीओ बाँडफाँडको संघारमा रहेको कम्पनीको २४४ औं सञ्चालक समितिको फागुन १७ गते बसेको बैठकले साधारणसभाको मिति तय गरेको हो । कम्पनीको साधारणसभा चैत १४ गते होटल भिष्वा, वीरगञ्जमा हुनेछ ।
१८ फागुन २०७३, ११।००
वि.सं.२०७३ फागुन १८ बुधवार १२:२७ मा प्रकाशित