back
NMB ad

 आर्थिक सङ्कटबाट ग्रस्त ग्रीस ईयू र आईएम्एफसँगको घनिभूत वार्तामा

Kumari bank ad

 

 ग्रीसले आफूलाई दिइएको कर्जाका विषयमा युरोपियन युनियन (ईयू) र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)सँग छलफललाई अगाडि बढाएको छ । ग्रीस अधिकारी र ग्रीसका जमानतदाता राष्ट्र तथा सङ्घसङ्गठनका प्रतिनिधिबीच एथेन्समा सुरु भएको वार्तामा नयाँ कर्जालाई व्यवस्थापन गर्ने विषयले प्राथमिकता पाएको ग्रीक वित्त मन्त्रालयले जनाएको छ ।

ईयू र अन्तर्राष्ट्रिय मुद्राकोष ग्रीसको बजेटको लक्ष्य र कर्जा सहयोगका विषयमा लामो समयदेखि थाँती रहेको गतिरोध गतहप्ता ब्रसेल्समा भएको छलफलपछि टुङ्गिएको थियो । ग्रीसले ब्रसेल्स सहमतिलाई ‘सम्मानजनक’ बताएको छ ।

युरोपेली नेताहरुले अमेरिकी दाताद्वारा गरिएको ‘सरल बजेट लक्ष्य’का विषयमा आएको धारणामा अन्तर्राष्ट्रिय मुद्राकोषसँग फरक धारणा राख्दै आएका थिए । सरल बजेटले ग्रीसलाई ठूलो कर्जा चुक्ता गर्न मद्दत गर्ने ग्रीक अधिकारीले बताउँदै आएका छन् ।

प्रकाशित मितिः २०७३ फागुन १८

वि.सं.२०७३ फागुन १८ बुधवार १३:१८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...