काठमाण्डौँ । सिन्धु बिकास बैंकले ८० प्रतिशत हकप्रद निस्कासनकालागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले २० करोड ९७ लाख ५४ हजार रुपैयाँ बराबरका २० लाख ९७ हजार पाँच सय ४० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
बैंकको हाल २६ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । पुष मसान्त सम्म बैंकले एक करोड ३८ लाख कमाएको छ । बैंकले गएको वर्षको मुनाफाबाट १७।६८ प्रतिशत लाभांश दिएको छ । बैंकको हकप्रद निष्कासनकालागि बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ ।
हकप्रद निष्काशन गर्ने निर्णय बैंकको सातौँ वार्षिक साधारणसभाले पारित गरिसकेको छ ।
१८ फागुन २०७३, २।००
वि.सं.२०७३ फागुन १८ बुधवार १४:२३ मा प्रकाशित