back
NMB ad

चैत १ देखि एकान्तकुनाको यातायात कार्यालयले लिखित लाइसेन्स फारम नबुझ्ने !

Kumari bank ad

काठमाडौ। यातायात ब्यवस्था विभागको लाइसेन्स कार्यालय एकान्तकुनाले चैत १ गतेदेखि लिखित फारम नबुझ्ने भएको छ । लाइसेन्सका लागि अब अनिवार्य अनलाइन फारम नै भर्नुपर्ने ब्यवस्था गरिएको छ ।

त्यसअनुसार कार्यालय बाहिर बेचिने कागजी फारम बुझ्नै बन्द गर्न लागिएको कार्यालयका प्रमुख तेजनारायण यादवले जानकारी दिए । उनले फारम छापेर बिक्री गर्दै आएको ललिपुर उपमहानगरपालिकालाई अब फारम नछाप्न भनिसकिएको बताए ।

‘अब अनलाइन फारम भर्न नजान्नेहरु नागरिकता लिएर सिधै कार्यालयमा आउँदा हुन्छ । बाहिर फारम भर्न दलाल खोज्दै हिँड्नुपर्दैन’ कार्यालय प्रमुख यादवले भने ।

कार्यालयले चैत १ गतेदेखि कार्यालयकै कर्मचारीले लाइसेन्सका लागि अनलाइन फार भरिदिने ब्यस्था गर्न लागिएको जनाएको छ । फारम भरेबापत कार्यालयले कुनै शुल्क लिनेछैन ।

‘अब बाहिर दालालहरुसँग सेवाग्राहीले सम्पर्क नै गर्नुपर्दैन । सिधै फारम हामी नै भर्छौं । नागरिकता लिएर लाइन बस्नुभए हुन्छ’ उनले भने ।

अनलाइन फारम जहाँसकैबाट भर्न सकिने भएपनि धेरै सेवाग्राही कागजी फारम नै भर्न आउने गरेका छन् । यसको फाइदा उठाउँदै दाललहरुले फारको प्याड नै किनेर कृत्रिम अभाव गराउँदै एउटैको सय रुपैयाँसम्म बेच्ने गरेका छन् । त्यसलाई भरेर एउटा टिकट टाँसेबापत दलालहरुले एक हजार रुपैयाँसम्म लिने गरेका छन् ।

‘अब फारम नै बेच्न छाडिन्छ । अनलाइनमा भर्न नसक्नेलाई हामीले नै सुविधा दिनेछौं’ यादवले भने,’अब सेवाग्राहीको भेट त्यस्ता बिचौलियाँसग नहोस् भनेरै यो ब्यवस्था गरेका हौं ।’

अहिले काठमाडौंमा अनलाइनबाट लाइसेन्सको फारम भर्न सकिने ब्यवस्था छ । फारम भरेको भोलिपल्ट नागरिकतासहित कार्यालय गएर लिखित परीक्षाको प्रक्रिया सुरु गर्न सकिन्छ ।

प्रकाशित मितिः २०७३ फागुन २५

वि.सं.२०७३ फागुन २५ बुधवार ११:४७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...