back
NMB ad

कोइरालाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि भतिज अतुलले दागबत्ती दिने

Kumari bank ad

काठमाण्डौं । हिजो मंगलबार ७८ वर्षको उमेरमा निधन भएका नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ आज बुधवार अन्त्येष्टि गरिँदैछ भने उनलाई भतिज अतुल कोइरालाले दागबत्ती दिने भएका छन् ।

कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार गरिने छ। रंगशालामा राखिएको उनको पार्थिव शरीरलाई हिजो भारतीय विदेशमन्त्री सुष्मा स्वराजको टोलीले श्रद्धाञ्जली दिएको थियो भने आज भुटानका गृह तथा सांस्कृतिक मन्त्री दावा ग्याल्छेनले श्रद्धाञ्जलि दिएका छन् ।

बिहानैदेखि कोइरालाप्रति नेता, कार्यकर्ता तथा सुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। आज अपराह्न २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि दशरथ रंगशालाबाट थापाथली, रामशाहपथ, कमलपोखरी, ज्ञानेश्वर, रातोपुल, गौशाला हुँदै आर्यघाटसम्म शवयात्राको रुट सरकारले तय गरेको छ।

कोइरालालाई विद्यतुतीय शवदायह गृहमा जलाइने भनिएता पनि परिवारले नमानेपछि दाउराको चितामा नै उनको पार्थिव शरीरलाई भतिजा अतुलले दागबत्ती दिने भएकाछन् ।

उनको निधनमा सरकारले आज सार्वजनिक विदा दिएको छ भने कांग्रेसले १३ दिन कुनै पनि कार्यक्रम नगर्ने भएको छ ।

माघ २७, २०७२, १०.००

वि.सं.२०७२ माघ २७ बुधवार ११:५२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...