back
NMB ad

व्यवसायीक केराखेतीमा लागेका किसानले ध्यान दिने कुराहरुबारे जान्नुहोस् !

Kumari bank ad

बर्दिवास। महोत्तरीको उत्तरी क्षेत्रका किसान व्यावसायिक रुपमा केराखेतीतर्फ आकर्षित भएका छन् । बर्दिबास नगरपालिकाका पूmलबारीटोल, पशुपतिनगर, भङ्गाहा गाउँपालिकाका बिर्तापलार, रामनगर, हतिसर्वा र सिङ्ग्याहीका कम जग्गामा मनग्य आम्दानी गर्न व्यावसायिक रुपमा उन्नत जातको केराखेती गर्न आकर्षित भएका हुन् ।

परम्परागत रुपमा लगाइँदै आएका मिर्चमान, झपरी, बत्तिसा र स्थानीय मालभोगलगायत जातका केराका ठाउँमा किसानले रोवेष्ट्रा र उन्नत मालभोग जातको केराखेती गर्न थालेका छन् । सानो रुख, धेरै केरा फल्ने भएका कारण रोवेष्ट्रा जातको केरा किसानको रोजाइमा पर्ने गरेको छ ।

पाँच वर्षदेखि केराखेती गर्दै आएका भङ्गाहा गाउँपालिका रामनगर बस्तीका सत्यनारायण यादव १० कट्ठा जग्गामा लगाएको केराबाट बर्सेनि रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको बताउँछन् । सानो रुख हुनाले ढल्ने सम्भावना कम हुने, बजारमा माग बढी रहेको र रोपेको नौ महिनामा नै उत्पादन लिन सकिने भएकाले रोवेष्ट्रा केरा उपयुक्त भएको उनको भनाइ छ ।

एकपटक लगाएको केराले पाँच वर्षसम्म उत्पादन दिन्छ । केरा तरकारीका समेत प्रयोग गरिन्छ । सरकारी सेवाबाट अवकाश लिनुभएका हतिसर्वाको सग्रामपुरका किसान जासर यादव व्यावसायिक केराखेतीका लागि जिल्ला कृषि विकास कार्यालयले सहयोग गर्नुपर्ने बताउँछन् । बर्सेनि रोगका कारण केराखेतीबाट नोक्सानी व्यहोर्नु परिरहेको उनको भनाइ छ ।

सल्लाह, अनुगमन र उपचार सेवाका लागि जिल्ला कृषि कार्यालयको कृषि सेवा केन्द्र र उपकेन्द्र भए पनि ती कार्यालयबाट नियमित अनुगमन नभएको यादवको गुनासो छ । “सल्लाह सुझावका लागि खोज्दा कर्मचारीको अत्तोपत्तो हुन्न,” उनले भने । खेतीको प्रविधि सिकाउन, उत्पादन भण्डारणको समुचित प्रबन्ध मिलाउन र बजार व्यवस्थापनमा सहयोग पु¥याउन जिल्ला कृषि विकास कार्यालयलाई उनले आग्रह गरे ।

कार्यालयबाट प्रवाहित हुने खेतीसम्बन्धी सबै सहयोगका लागि तयार रहेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत बेचनप्रसाद साहले बताए उनका अनुसार जिल्लामा अहिले ५०० हेक्टर क्षेत्रफलमा केराखेती गरिएको छ ।

प्रकाशित मितिः २०७३ चैत ८

वि.सं.२०७३ चैत ८ मंगलवार १७:४७ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...