back
NMB ad

नुवाकोटमा एक अर्बको आलु उत्पादन

Kumari bank ad

त्रिशूली । नुवाकोटमा यस वर्ष रु एक अर्ब १० करोडको आलु उत्पादन भएको छ ।

बर्खे र हिउँदे याममा गरी ७२ हजार ७०० मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा. कमलराज गैरेले जानकारी दिए । । उनका अनुसार गत वर्ष रु ८७ करोड बराबरको तथा अघिल्लो वर्ष रु ८५ करोड बराबरको आलु उत्पादन भएको थियो ।

“अघिल्लो वर्षको तुलनामा आलु लगाउने क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि भएको छ,” डा गैरेले भने “किसानले व्यावसायिक रुपमा सुरु गरेको खेती प्रणाली र पद्धति सही रुपमा अवलम्बन गर्दा आलुमार्फत जिल्लामा ठूलो रकम भित्र्याउन सफल भएका छौँ ।”

जिल्लामा यस वर्ष आलुको उत्पादनमा वृद्धि तथा उचित मूल्य पाएपछि किसान उत्साहित भएका छन् । स्थानीय बजारमा अहिले आलुको मूल्य प्रतिकिलो रु १३ देखि रु १५ मा कारोबार हुँदा किसान प्रतिकिलो पाँच रुपैयाँसम्म नाफा गर्न सफल भएका खानीगाउँका भीमप्रसाद ढकाल बताउँछन् ।

जिल्लामा दुई याममा गरी चार हजार ३०० हेक्टरमा आलु लगाइएको छ । प्रतिहेक्टर करिब १७ मेट्रिक टन आलु उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत डा गैरेले बताए ।

जिल्लाको प्रायः सबै स्थानमा आलु उत्पादनका लागि सुहाउँदो हावापानी रहेको छ । जिल्लाको माथिल्लो क्षेत्रका करिब ८०० हेक्टरमा लगाइएको बर्खे आलु भदौ महिनामा नौ हजार ४०० उत्पादन भएको थियो । फागुन/चैतमा उत्पादन हुनेगरी तीन हजार ६०० हेक्टरमा लगाइएको आलु ६३ हजार नौ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ । उक्त परिमाण गत वर्षभन्दा आठ हजार मेट्रिक टन बढी हो ।

जिल्लाको चौघडा, खानीगाउँ, गणेशस्थान, नर्जामण्डप, थानसिंह, खरानीटार, बेलकोट, मदानपुरलाई आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ । जिल्लामा उत्पादन भएको आलु खरिद गर्न काठमाडाँै, तनहुँ, पोखरा, बुटवलका व्यापारी आउने गरेका छन् ।

९ चैत

वि.सं.२०७३ चैत ९ बुधवार १२:४० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...