back
NMB ad

एक अर्ब बढीको सेयर कारोबार, हेर्नुहोस कति बढ्यो !

Kumari bank ad

काठमाडौँ । सेयर बजार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज बजार ५३ दशमलव ४६ बिन्दुले बढेर एक हजार ५३९ बिन्दुमा पुगेको हो ।

लगातार घट्दै आएको बजारमा पछिल्लो केही दिनदेखि बढ्ने क्रम सुरु भएको छ । अधिकांश समूह हरियो भए पनि बजार ‘बुलिस टे«न्ड’मा अगाडि बढेको हो । ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत आज ११ दशमलव ४८ बिन्दुले बढेको छ ।

स्टककाअनुसार कुल १४२ कम्पनीको ३१ लाख २३ हजार ७१० कित्ता सेयर रु एक अर्ब ४९ करोड ३१ लाख १७ हजार ६८३ मूल्यमा कारोबार भएको छ ।

स्टककाअनुसार बैंकिङ ३ दशमलव ५१ प्रतिशत, होटल ५ दशमलव २६, विकास बैंक ४ दशमलव ०७, जलविद्युत् ८ दशमलव ५१, फाइनान्स ४ दशमलव ८३, बिमा ३ दशमलव ४५ र अन्य समूह एक दशमलव ३४ प्रतिशतले बढेको छ ।

उपत्यका बाहिरबाट थप सेवा

यस्तै स्टकको निर्देशनअनुसार आजदेखि उपत्यका बाहिर पनि केही सेयर दलाल कम्पनीले सेवा विस्तार गरेका छन् ।

नयाँ व्यवस्था भएसँगै नेपालगन्ज, बनेपा र बिर्तामोडका जनताले पहिलोपटक आफ्नै सहरमा सेयर किनबेच गर्न पाएका हुन् ।
उपत्यका बाहिर कालिका सेक्युरिटिज, क्रिष्टल कञ्चनजङ्गा, भिजन सेक्युरिटिज, आर्यतारा सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र सानी सेक्युरिटिजले कारोबार सुरु गरेका छन् ।

स्टककाअनुसार नेपालगन्ज, विराटनगर, बनेपा, बुटवल, बिर्तामोड र नारायणगढबाट सेयर कारोबार सुरु गरेका हुन् । नारायणघाट, बुटवल र विराटनगरमा यसअघि नै केहि ब्रोकरले शाखा विस्तार गरी कारोबार सुरु गरेका छन् ।

वि.सं.२०७३ चैत १३ आइतवार १६:२१ मा प्रकाशित

You can share this post!

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...