back
NMB ad

हाइड्रोले ल्याउँदैछ ४० लाख ८१ हजार कित्ता नयाँ सेयर, किन्ने हैन त ?

Kumari bank ad

काठमाण्डौं । बुटवल पावर कम्पनीले थप नयाँ सेयर निष्काशन गर्नका लागि सेयर मूल्य तोकेको छ । कम्पनीको गत आसार २७ गते सम्पन्न साधारणसभाले गरेको निर्णय अनुसार ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशनका लागि सेयर मूल्य निर्धारण गरेको हो ।

आधिखोला जलविद्युत केन्द र झिमरुक जलविद्युत केन्द्र आसपासका स्थानीयलाई पाँच प्रतिशत सेयर छुट्याएको कम्पनीले बिक्री प्रबन्धकको जिम्मा एनएमबी क्यापिटल तथा लक्ष्मी क्यापिटललाई दिई सकेको छ ।

कम्पनीले गरेको प्रस्ताव अनुसार प्रतिकित्ता थप नयाँ सेयरको मूल्य चार सय ७० रुपैंया तोकिने भएको हो । एक सय रुपैंया अंकित मूल्यमा तीन सय ७० रुपैंया प्रिमियम थप गरी कम्पनीले उक्त मूल्यमा सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

एफपिओबाट संकलित रकम कम्पनीले निमार्ण सुरु गरेका आयोजनामा लगानी गरिने बताइएको छ । शनिबार मात्र कम्पनीले दुई वटा आयोजना निर्माणको सुरुवात गरेको उद्घोष गरेको थियो । जसमा ३० मेगवाटको न्यादी जलविद्युत आयोजना र ३७ दशमलव छ मेगावाटको काबेली ए जलविद्युत आयोजना रहेका छन् ।

१४ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत १४ सोमवार ११:१४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...