काठमाण्डौं । आजबाट एनआइसी एसिया बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन भएको छ । बैंकले १५ प्रतिशत अर्थात १०० बराबर १५ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । आगामी बैशाख १९ गतेसम्म विक्री खुला रहने हकप्रद निष्काशन तथा विक्रीको प्रबन्ध गर्ने जिम्मा सिभिल क्यापिटल लिमिटेडले लिएको छ ।
बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ८७ करोड २९ लाख ४७ हजार पाँच सय रुपैयाँ बराबरको ८७ लाख २९ हजार ४ सय ७५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । चैत्र ६ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त हकप्रद भर्न पाउनेछन् ।
एनआइसी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरु तथा विक्री प्रबन्धकको कार्यालयबाट हकप्रद खरिदका लागि आवेदन बुझाउन सकिनेछ ।
१५ चैत २०७३, ९।३०
वि.सं.२०७३ चैत १५ मंगलवार ०९:२७ मा प्रकाशित