back
NMB ad

मेसीको प्रतिबन्धप्रति फिफाको कडा आलोचना !

Kumari bank ad

एजेन्सी–विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्येका एक अर्जेन्टिनी कप्तान लिओनल मेसीलाई ४ खेलमा प्रतिबन्ध लगाउने फिफाको निर्णय आलोचित बन्न थालेको छ। बार्सिलोनाका व्यवसायिक खेलाडीको समर्थनमा विश्वब्यापी माहोल बन्न थालेपछि फिफाको निर्णयको विषयमा प्रश्न उठ्न थालेको हो।

विश्व कप छनोटअन्तर्गत बोलिभियाविरुद्धको खेलभन्दा साढे ५ घण्टा अगाडि ४ खेलमा प्रतिबन्ध लगाउने फिफाको निर्णय आफैंमा विवादित भएको धेरैको ठहर छ। फिफाको यो निर्णयले अन्तर्राष्ट्रिय फुटबललाई प्रभावित पार्ने पनि केहीको ठम्याई छ।

अर्जेन्टिनालाई तीन वटा प्रमुख प्रतियोगिताको फाइनल पुर्‍याएका मेसीले गत वर्ष अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए। तर, उनी अर्जेन्टिनी राष्ट्रपतिको आग्रहमा पुनः राष्ट्रिय टोलीमा फर्किएका थिए।

अहिले अर्जेन्टिना विश्व कप छनोटको गम्भीर मोडमा छ। दक्षिण अमेरिकी समूहबाट सिधै छनोट हुने माथिल्लो ४ स्थानमा अर्जेन्टिना समावेश छैन्। मेसीलाई प्रतिबन्ध लगाएपछि अर्जेन्टिना बोलिभियासँग २–० ले पराजित भएको थियो। जसका कारण शीर्ष ३ स्थानबाट झरेर अर्जेन्टिना पाँचौ स्थानमा पुगेको थियो।

दक्षिण अमेरिकी समूहमा पाँचौ स्थानमा रहेको टोलीले ओसियानासँग प्लेअफको म्याच खेल्न पाउने नियम छ। र, यस खेलमा विजयी हुने टोलीले विश्व कपको यात्रा तय गर्ने छ। तर, मेसीलाई ४ खेलमा प्रतिबन्ध लागेपछि अर्जेन्टिनाले पाँचौ स्थान कायम राख्ने सम्भावना कमजोर छ। किनभने मेसीको अनुपस्थितिमा विश्व कप छनोटको कमजोर सुरुवात गरेको अर्जेन्टिनालाई पछिल्लो ४ खेल जिताउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।

अर्जेन्टिनाले विश्व कप छनोटअन्तर्गत बाँकीको ४ खेलमध्ये आउँदो खेल उरुग्वेसँग उसैको मैदानमा खेल्नु पर्नेछ। दोस्रो खेल भेनेजुएला र पेरुलाई आफ्नो मैदानमा आतिथ्य गर्दैछ भने अन्तिम खेल इक्वेडरविरुद्ध उसैको मैदानमा खेल्नु पर्नेछ।

फिफाको प्रतिबन्धअनुसार मेसी इक्वेडरविरुद्ध १० अक्टुवरमा हुने छनोटको अन्तिम खेलमा मात्र उपलब्ध हुनेछन्।

अहिले अर्जेन्टिनी टोली मेसी बिना कल्पना पनि गर्न सकिन्न्। यस्तो अवस्थामा मेसीको वर्हिगमन अर्जेन्टिनाका लागि घातक सावित बन्न सक्छ। प्रशिक्षक इडगार्डो बाहुजाले बोलिभियाविरुद्धको खेलमा मेसीलाई अगाडि उतार्नका लागि म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुइरोलाई ड्रप गराएका थिए। तर, खेल सुरु हुनुभन्दा साढे ५ घण्टा अगाडि फिफाले गरेको प्रतिबन्धका कारण बाहुजाको रणनीति भताभूङ भएको थियो।

मेसीलाई प्रतिबन्ध लगाउने निर्णयको बार्सिलोनाले कडा शब्दमा निन्दा गरेको छ। उसले फिफाको निर्णयबाट आफू चकित परेको तथा मैदान भित्र र बाहिर पनि अनुशासनको विषयमा उदाहरणीय रहेका मेसीजस्तो खेलाडीलाई ४ खेलमा प्रतिबन्ध लगाएर फिफाले अनादार गरेको आरोप लगाएको छ।

उसले आफ्नो स्टार खेलाडी माथि भएको अन्यायविरुद्ध क्लब अर्जेन्टिनी टिम र मेसीसँग रहेको बताएको छ।

३१ अगस्टमा अर्जेन्टिनाविरुद्ध खेल्न लागेका उरुग्वेका स्ट्राइकर लुइस सुआरेजले पनि फिफाको निर्णयको आलोचना गरेका छन्। मेसीसँगै बार्सिलोनाबाट खेल्ने सुआरेजले स्पोर्ट्स ८९० लाई अन्तर्वार्ता दिने क्रममा मेसीको प्रतिबन्धमा फिफाले अति नै गरेको प्रतिक्रिया दिए।

पूर्व अर्जेन्टिनी प्रशिक्षक सिसर लुइस मेनोटीले मेसीको प्रतिबन्धमा फिफाले उग्रता प्रदर्शन गरेको आरोप लगाए। ‘४ खेलमा प्रतिबन्ध लगाउनु पर्ने जस्तो गम्भीर काम उनले गरेका थिएनन,’ बमेनोटीले भने,– मेसीको प्रतिबन्ध अति नै थियो। उनले गल्ती गरेको भए प्रतिबन्ध लगाउनु जायज हो तर ४ खेलको प्रतिबन्ध होइन।

उनले यो निर्णयले मेसीको अन्तर्राष्ट्रिय करिअर समाप्त हुने आशंका व्यक्त गरे।

मेसीलाई चिलीविरुद्धको खेलमा सहायक रेफ्रिमाथि अभद्र टिप्पणी गरेको आरोपमा बुधबार फिफाले ४ खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

प्रकाशित मितिः २०७३ चैत १८

वि.सं.२०७३ चैत १८ शुक्रवार ११:३७ मा प्रकाशित

You can share this post!

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...