back
NMB ad

पूर्वराष्ट्रपतिलाई प्रहरीले पक्राउ गर्यो !

Kumari bank ad

एजेन्सी–कोरियाली अदालतको आदेशपछि दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति पार्क गुएन हायलाई प्रहरीले पक्राउ गरेको छ । ६५ वर्षीया पार्कलाई पक्राउपछि प्रहरीले राजधानी सिओलको दक्षिणी भागमा रहेको एउटा कारागारमा राखेको छ ।

कोरियाली समाचार संस्थाहरुका अनुसार पदमा रहँदा उनले विभिन्न कम्पनीबाट ठूलो मात्रामा रकम भ्रष्टाचार गरी आफ्ना सहयोगी चाई सून सीललाई सहयोग गरेको अभियोगको छानविन गर्न अदालतले पक्राउ गर्न आदेश दिएको हो । उनलाई पक्राउ नगर्दा प्रमाणहरु नष्ट हुने सम्भावना रहेको भन्दै उनलाई पक्राउ गरिएको हो ।

पक्राउपछि उनलाई नजरबन्दमा राख्ने तयारी भइरहेको समाचार संस्थाहरुले जनाएका छन् । यसअघि उनलाई महाअभियोग लगाएर राष्ट्रपतिबाट बर्खास्त गरिएको थियो । दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति रहे पनि अपराधमा तानिएर हिरासतमा पर्नेमा उनी तेस्रो पूर्वराष्ट्रपति बनेकी छन् ।

प्रकाशित मितिः २०७३ चैत १८

वि.सं.२०७३ चैत १८ शुक्रवार ११:५६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...