back
NMB ad

३२ वटा पार्टीका ३२ जना मान्छे लिएका एक जना बाहुन बाबुराम भन्दै ओलीको झटारो

Kumari bank ad

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टी पराजित भएपनि स्थानीय निकायको निर्वाचन हुनैपर्ने बताएका छन् । १९ बर्षपछि प्राप्त अवसर गुमाउन नहुने उनको तर्क छ ।

एमाले कास्कीले पोखरामा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले चुनावको सम्भावित हारबाट सशंकित नभएको प्रष्ट पारे । उनले भने, ‘एउटा निर्वाचन हारे जनताको मन जितेर अर्को निर्वाचनमा बिजयी हुने पार्टी एमाले हो ।’

ओलीले १९ वर्षपछि हुन लागेको निर्वाचन असफल पार्न षड्यन्त्र भइरहेको आरोपसमेत लगाए । उनले निर्वाचन हुन नदिन देशी बिदेशी शक्तिहरु लागेको बताएपनि कुन शक्ति भनेर खुलाएनन् ।

कांग्रेसप्रति आक्रोशित हुँदै ओलीले कांग्रेस आफू हार्ने ठाउँमा चुनाव हुन नदिने प्रयास गरिरहेको पनि आरोप लगाए । संविधान संशोधनको बिरोध गर्दै ओलीले कसैलाई खुशी पार्न संविधान संशोधन हुन नसक्ने अडान दोहोर्‍याए । उनले भने, ‘कसैको निगाहमा उसलाई खुशी पार्न हुने संशोधन स्वीकार्य छैन ।’

ओलीले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईप्रति पनि आक्रोश व्यक्त गरेका छन् । ‘३२ वटा पार्टीका ३२ जना मान्छे लिएका एक जना बाहुन छन्, उनले चुनाव हुन्न दिन्न रे, कसैले भनेर चुनाव रोकिदैन ।’ उनले भने ।

प्रकाशित मितिः २०७३ चैत १९

वि.सं.२०७३ चैत १९ शनिवार १५:०६ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...