back
NMB ad

एक सय वर्षका बृद्ध मतदानको पर्खाइमा

Kumari bank ad

मोरङ । पछिल्लो स्थानीय निर्वाचन हुँदा मोरङ पथरी शनिश्चरेका मानबहादुर भित्रिकोटी ८५ औं वसन्त पार गर्दै थिए। अहिले उनी उमेरले एक शताब्दी अर्थात् एक सय वर्ष काटिसकेका छन्।

मतदान गर्न जाँदा हजुरबाले बोकेर लगेका ज्ञानेन्द्रबहादुर भित्रिकोटी २० वर्षका युवा भएका छन्। मतदानपछि त्यही वर्ष जन्मिएकाको उमेर पनि १८ वर्ष नाघिसकेको छ। पछिल्लो स्थानीय निर्वाचन २०५४ सालमा भएको थियो । त्यसयता भएको छैन । जसलेगर्दा आम नेपालीको मतदान गर्ने इच्छा र चाहना पूरा हुन सकेको छैन ।

मोरङ वयरवनकी दुक्कादेवी राजवंशी गएको स्थानीय निर्वाचनमा ६६ वर्षकी थिइन्। अहिले उनी ८५ वर्ष पार गर्दै छन्। यी त केही सामान्य उदाहरण हुन्। २०५४ सालमा भर्खर जन्मिएका शिशु जवान भएका छन् । जवान वयस्क भएका छन्, भने वयस्क वृद्ध भएका छन् । लामो समयसम्म स्थानीय निर्वाचन नहुँदा मतदान गर्नबाट धेरै वञ्चित भएका छन् ।

२००७ सालदेखिकै परिवर्तनलाई नजिकबाट हेरिरहेका मानबहादुर भित्रिकोटीले मतदान गर्ने तीव्र इच्छा व्यक्त गर्दै भन्छन् , “वैशाख ३१ गतेसम्म त अब कसो नबाचौंला ? त्यहाँबाट पनि उता स¥यो भने चाही यसै भन्न सकिँदैन ।”

करिब दुई दशकपछि हुनलागेको स्थानीय तहको निर्वाचनले मतदाता उत्साहित देखिएका छन् । सहर, बजार र ग्रामीण क्षेत्रका चिया पसलमासमेत यतिबेला कुराकानी गर्ने प्रमुख विषय नै स्थानीय तहको निर्वाचन बनेको छ । दलका नेता गाउँ पस्ने क्रम बाक्लिएको छ । आफ्नो महत्वपूर्ण अधिकार प्रयोग गरी जनप्रतिनिधि छान्ने सुनौलो अवसर गुम्ने हो कि भन्ने चिन्ता पनि उनीहरुमा छ ।

जनप्रतिनिधि नभएकै कारण गाउँको विकासले गति लिन नसकेको मोरङ सुन्दरदुलारीका युवा राजिव शर्माले बताए। एउटा सामान्य कामका लागि पनि सचिव खोज्दै सदरमुकाम धाउनुपर्ने बाध्यताले सर्वसाधारण आक्रान्त भएको बताउँदै उनले वैदेशिक रोजगारीमा जाने सबै प्रक्रिया पूरा गरिसकेको भएपनि एक महिनापछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदान गरेर मात्रै जाने हो कि भन्ने सोचाई बनाएको बताए । रासस

प्रकाशित मितिः २०७३ चैत २६

वि.सं.२०७३ चैत २६ शनिवार १४:२६ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...