back
NMB ad

विद्युत चुहावट ३.२७ प्रतिशत घट्यो

Kumari bank ad

नेपाल विद्युत प्राधिकरणको प्रणालीबाट हुने विद्युत चुहावट २२.५१ प्रतिशतमा झरेको छ । चालु आर्थिक वर्षको माघ महिनासम्मको तथ्याङक अनुसार ३.२७ प्रतिशत चुहावट घटेर २२.५१ प्रतिशतमा झरेको हो ।

आर्थिक वर्ष २०७२र७३ मा प्राधिकरणको प्रणालीमा २५.७८ प्रतिशत विद्युत चुहावट भएको थियो । चुहावट नियन्त्रण सम्बन्धी अभियान संचालन गर्दै आएको प्राधिकरणले चालु आर्थिक वर्षमा ३.२७ प्रतिशत चुहावट घटाउन सफल भएको जनाएको छ ।

आर्थिक वर्षको अन्त्यसम्ममा चुहावट २१ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ । अहिले भइरहेको कुल चुहावटमध्ये वितरण प्रणालीमा १६.३१ प्रतिशत ,प्रसारण प्रणालीमा ५.२५ प्रतिशत र उत्पादन प्रणालीमा ०.९५ प्रतिशत विद्युत चुहावट भईरहेको छ ।

गतवर्ष कुल २५.७८ प्रतिशत चुहावटमा वितरण प्रणालीमा १९.८०प्रतिशत,प्रसारण प्रणालीमा ४.८२ प्रतिशत र उत्पादन प्रणालीमा १.१६ प्रतिशत चुहावट भएको थियो । शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्राधिकरणले चुहावट सम्बन्धी तालिका सार्वजनिक गरेको थियो । ३.२१ प्रतिशत चुहावट नियन्त्रण हुँदा ७ महिनाको अबधीमा १ अर्ब २५ करोड रुपैयाँ बराबरको आम्दानी बढेको प्राधिकरणले जनाएको छ ।

यस्तै ८ वटै क्षेत्रिय कार्यालयको वितरण प्रणालीबाट हुने चुहावट पनि घटेको छ । सबैभन्दा बढी चुहावट हुने जनकपुर क्षेत्रिय कार्यालयमा ४८ प्रतिशतको हाराहारीमा चुहावट हुँदै आएकामा ३७.७२ प्रतिशतमा झरेको छ ।
आर्थिक वर्ष सकिंदा ३० प्रतिशमा झार्ने लक्ष्य छ ।

सबैभन्दा कम चुहावट हुने काठमाडौं क्षेत्रिय कार्यालयमा ०.२१ प्रतिशत घटेको छ । प्राधिकरणको प्रणालीबाट २ प्रकारले विद्युत चुहावट हुने गरेको छ । कुल चुहावटको १२ प्रतिशत प्राविधिक चुहावट र बाँकी अप्राविधिक चुहावट हो ।

सबस्टेसन तथा वितरण लाइनमा जडित ट्रान्सफर्मर तथा एचटी र एलटी लाइनमा जडित कण्डक्टर ओभर लोडमा संचालन हुँदा प्राधिवधिक चुहावट हुने गरेको छ । यस्तै लोड सेन्टरमा ट्रान्सफर्मर जडान नहुँदा ,एचटी र एलटी लाइन लामो दुरीसम्म तानिंदा,मोटर पंखा,एसी आदिको लोड बढ्दै जाँदा ग्राहकले क्यापासिटर बैंक जडान नगर्दा प्राविधिक चुहावट हुने गरेको छ ।

विद्युतको लाइनमा हुकिङ गरेर चोरी गर्नु,खपत नउठ्ने गरी मिटर वाइपास गर्नु,वाह्य पदार्थ घुसाई मिटरलाई घुम्न नदिनु आदि अप्राविधिक चुहावट हुन । प्राधिकरणले चुहावट नियन्त्रण अभियानका क्रममा अप्राविधिक चुहावट घटाएको छ । उर्जाखबर डटकमबाट

प्रकाशित मितिः २०७३ चैत २६

वि.सं.२०७३ चैत २६ शनिवार १६:२७ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...